जनरल इन्स्योरेन्स आईपीओ निष्काशन प्रकृया अघि बढ्यो, एनआईबिएल एस क्यापिटल बिक्री प्रबन्धक

Oct 01, 2019 02:19 PM Merolagani



जनरल इन्स्योरेन्स कम्पनी (GNCNL) ले प्राथमिक शेयर (आईपीओ) जारी गर्ने प्रकृया अघि बढाएको छ। इन्स्योरेन्सले हाल कायम जारी पूँजी एक अर्ब रूपैयाँकाे ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको आईपिओ जारी गर्ने प्रकृया थालेको हो।

कम्पनीको साउन २९ गते सम्पन्न प्रथम वार्षिक साधारण सभाले पारित गरेको आईपीओ निष्काशन गर्न शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ ।

शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा जनरल इन्स्योरेन्सका तर्फबाट महाप्रबन्धक एसके टमोट र एनआईबिएल एस क्यापिटल तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका हुन्।

सर्वसाधारणहरुलाई ३० करोड रुपैयाँ बराबरको शेयर निष्काशन गरी बाँडफाँड गरेपछि जनरल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुग्नेछ । हाल कम्पनीको अधिकृत पूँजी २ अर्ब, जारी पूँजी १ अर्ब र चुक्ता पूँजी ७० करोड रूपैयाँ छ।  




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।