आइएमई जनरल इन्स्योरेन्सको बोनस सूचीकृत

Oct 01, 2019 03:45 PM Merolagani



आइएमई जनरल इन्स्योरेन्स आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट शेयरधनीलाई वितरण गरेको ४ लाख ८६ हजार कित्ता बोनस शेयर धितोपत्र बजारमा सूचीकृत भएको छ। कम्पनीले असोज १४ गते सो शेयर नेप्सेमा कारोबारका लागि सूचीकरण गरेको हो।

इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षमा चुक्ता पूँजी ९७ करोड २० लाख रुपैयाँको ५ प्रतिशत अर्थात चार करोड ८६ लाख रुपैयाँ बराबरको ४ लाख ८६ हजार कित्ता बोनस शेयर वितरण गरेको थियो सोही शेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो।

सूचीकरण पश्चात उक्त बोनस शेयर दोस्रो बजारमा खरीद बिक्री गर्न योग्य भएको छ। कम्पनीको २०७६ असार २९ गते सम्पन्न २१ औं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर अनुमोदन भएको थियो। 

चुक्ता पूँजी ९७ करोड ३० लाख रुपैयाँ रहेको इन्स्योरेन्सको बोनस पश्चात पूँजी १ अर्ब २ करोड रुपैयाँ पुगेको छ।

इन्स्योरेन्सले बोनस वितरण तथा साधारण सभा प्रयोजनको लागि असार १५ गतेदेखि शेयरधनी दर्ता किताब बन्द गरेकाले असार १४ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र कम्पनीको बोनस शेयर डिम्याट खातामा प्राप्त गर्नेछन्।

कम्पनीले उक्त बोनस शेयरका लागि नगद लाभांश वितरण नगरेकाले शेयरधनीले बोनस शेयरमा लाग्ने कर रकम सिद्धार्थ बैंकको खाता नम्बर ०३३१५०४७८९१ मा जम्मा गरि उक्त भौचर इन्स्योरेन्सको शेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटलमा इमेल पठाए पश्चात मात्र शेयरधनीले उक्त लाभांश पाउनेछन्। 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।