‘यूनाईटेड सिमेन्टस्को उपहार सररर कार’ योजना अन्तर्गतको लक्की ड्र सम्पन्न

Oct 02, 2019 10:51 AM Merolagani



यूनाईटेड सिमेन्टस् प्रा.लि. को ग्राहक योजना ‘यूनाईटेड सिमेन्टस्को उपहार सररर कार’ अन्र्तगतको लक्की ड्र कार्यक्रम असोज १४ गते दिउसो २ः३० बजे काठमाडौँ त्रिपुरेश्वरको डिइसीसी हलमा हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरी सम्पन्न भएको छ।

गत बैशाख २०७६ देखि असार मध्य २०७६ सम्म लागू गरिएको ग्राहक योजना अनुसार ५ जोडीलाई (दश जना) दुवई भ्रमण तथा १ जनालाई बम्पर उपहार स्वरुप हुन्डाई सेन्ट्रो कार उपहार लक्की ड्र बाट छनोट गरिने उद्योगको योजना अनुसार सो कार्यक्रम सम्पन्न भएको हो । 

यस अनुसार कुपन नं. १५७८७ सेन्ट्रो कार बिजेता बन्न सफल भएको छ भने कुपन नं. २०२४९, २२९४३, २३१८३, २३७१८, ५२११९ दुबई भ्रमणको उपहार विजेता बनेका छन् ।

यो उपहार बिजेताले कुपनको अर्धकट्टी तथा आफ्नो परिचय पत्र सहित २०७६ कात्र्तिक ३० गते भित्र यूनाईटेड सिमेन्ट्सको कार्यालयमा सम्पर्क गरि उपहार दाबी गरिसक्नु पर्ने उद्योगले जनाएको छ ।

कार्यक्रममा यूनाईटेड सिमेन्टस्का प्रबन्ध निर्देशक विकास दुगडले सबै बिजेतालाई हार्दिक बधाई ज्ञापन गर्दै यस्तो किसिमको उत्साहबर्धक ग्राहक योजना भविष्यमा पनि यूनाईटेड सिमेन्टस्ले ग्राहक माझ पस्कने प्रतिबद्धता जनाए।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।