नेको इन्स्योरेन्सको सञ्चालक परिवर्तन

Oct 03, 2019 11:14 AM Merolagani



नेको इन्स्योरेन्स (NIL) मा एक जना सञ्चालक परिवर्तन भएको छ। कम्पनीमा कृषि विकास बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने संस्थापक शेयरधनी सञ्चालक परिवर्तन भएको हो।

कृषि विकास बैंकको तर्फबाट बैंकको कामु उप-महाप्रबन्धक ध्रुबचन्द्र गौतमलाई सञ्चालक नियुक्त गरिएको हो। यसअघि प्रताप सुवेदीले सञ्चालक पदमा प्रतिनिधित्व गर्दै आइरहेका थिए । उनको स्थानमा गौतमलाई ल्याइएको हो।

इन्स्योरेन्स कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको ३७९ औं बैठकले गौतमलाई सञ्चालक समितिको बाँकी कार्यकालको लागि सञ्चालकमा नियुक्ती गर्ने स्वीकृति प्रदान गरेको छ।

इन्स्योरेन्सको सञ्चालक समितिमा एक जना स्वतन्त्र संचालक सहित सात जनाको सञ्चालक समिति रहेका छन्।

 




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।