दशैं विदामा कुन बैंकले कहाँ-कहाँबाट दिँदैछन् सेवा ? सात बैंक दशैंको टिकाको दिनमा समेत खुल्ने

Oct 05, 2019 04:26 AM Rabin Poudel

दशैं विदामा २१ वाणिज्य बैंक र चार विकास बैंक गरी कूल २५ बैंकले आफ्नो शाखा कार्यालय खोली ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्ने भएका छन्। जसमध्ये ग्लोबल आइएमई, मेगा, सिटिजन, नबिल, नेपाल इन्भेष्टमेन्ट, बैंक अफ काठमाण्डू र राष्ट्रिय वाण्ज्यि बैंकले विजया दशमीको दिनमा समेत बैंकको शाखा खुला राखेर सेवा प्रदान गर्ने जनाएका छन्। 

  • कृषि विकास बैंकको ३२ शाखा खुल्ला रहने

दशैं विदामा कृषि विकास बैंकले कूल ३९ वटा शाखाहरु मार्फत ग्राहकहरुलाई बैंकिङ्ग सुविधा उपलब्ध गराउने भएको छ। जसमध्ये बैंकको ३२ वटा शाखा कार्यालयहरु दशैं विदाको चार दिन खुल्ला रहने भएका छन् भने ७ वटा शाखाहरु भने तोकिएका दिनहरुमा मात्र खुला हुनेछन्।

विदामा बैंकका शाखा कार्यालयहरु बिहान १० बजेदेखि २ बजेसम्म खुल्ला रहनेछन्। उक्त दिनहरुमा नगद जम्मा र भुक्तानी मात्र हुने बैंकले जनाएको  छ। विजया दशमी अर्थात असोज २१ गते भने बैंकको कुनै पनि शाखा कार्यालय नखुल्ने भएका छन्।

 

  • प्रभु बैंकले २४ शाखाबाट सेवा दिने

दशैं विदामा प्रभु बैंकको काठमाण्डौं उपत्यका भित्रका ९ वटा र काठमाण्डौं बाहिरका १५ वटा गरि कूल २४ वटा शाखा कार्यालयहरु खुल्ला रहने भएका छन्।

प्रभु बैंकको विदामा खुलेका शाखा कार्यालय मार्फत निक्षेप जम्मा, १ लाख रुपैयाँसम्मको चेक भुक्तानी र ५० हजार रुपैयाँसम्मको रेमिट्यान्स सुविधा उपलब्ध हुने बैंकले जनाएको छ। विदामा बैंकका शाखा कार्यालयहरु बिहान १० बजेदेखि २ बजेसम्म खुल्ला रहनेछन्।

बैंकले सातवटा प्रदशेमध्ये  प्रदेश नम्बर ६ बाहेक अन्य सबै प्रदेशहरुमा सेवा प्रदान गर्न लागेको छ।विजया दशमी अर्थात असोज २१ गते भने बैंकको कुनै पनि शाखा कार्यालय नखुल्ने भएका छन्।

 

  • नेपाल बंगलादेश बैंकको ७ वटा शाखा कार्यालय खुल्ला रहने

दशैं विदामा नेपाल बंगलादेश बैंकको ७ वटा शाखा कार्यालयहरु खुल्ला रहने भएका छन्। बैंकका सातै वटा शाखाहरु चार दिन अर्थात असोज १८, १९, २० र २२ गते खुल्ला रहने बैंकले जनाएको छ।

बैंकले तोकिएका शाखा कार्यालयहरु हरेक दिन २ घण्टा मात्र खुल्नेछन्। बैंकको शाखा अनुसार बिहान दश बजेदेखि दिउँसोसम्म खुला रहने समयावधि तोकिएको छ। विजया दशमी अर्थात असोज २१ गते भने बैंकको कुनै पनि शाखा कार्यालय नखुल्ने भएका छन्।

 

 

  • राष्ट्रिय वाणिज्य बैंकले २२ शाखा मार्फत सेवा दिने

राष्ट्रिय वाणिज्य बैंकले दशैं विदामा काठमाण्डौं उपत्यकाभित्र ६ वटा र उपत्यका बाहिर १६ वटा शाखा गरी २२ वटा शाखा कार्यालयहरु खोल्ने भएको छ।

दशैंको टिकाको दिन बाहेक बैंकको शाखा कार्यालयहरु बिहान १० बजेदेखि १ बजेसम्म ४ दिन खुल्नेछन्। बैंकका शाखाहरु चार दिन अर्थात असोज १८, १९, २० र २२ गते खुल्ला रहने बैंकले जनाएको छ।

बानेश्वर र महेन्द्रपुल शाखा विजया दशमीको दिन  पनि खुल्ला रहने  बैंकले जनाएको छ।

  • ग्लोबल आइएमई बैंकले दिँदैछ १० शाखा मार्फत बैंकिङ्ग सेवा

ग्लोबल आइएमई बैंकले दशैंको विदामा उपत्यका भित्रका ४ शाखा र उपत्यका बाहिरका ६ शाखा गरी कूल १० शाखा कार्यालय मार्फत वित्तीय सेवा प्रदान गर्ने भएको छ।

बैंकले असोज २१ गते टिकाको दिन पनि कान्तिपथ शाखा मार्फत दिउसो १ बजेदेखि बेलुका ४ बजेसम्म सेवा प्रदान गर्ने भएको छ भने अन्य दिन बिहान १० बजेदेखि १ बजेसम्म खुल्नेछन्।

  • दशैं विदामा मेगा बैंकको १९ शाखा खुल्ने 

दशैं विदामा मेगा बैंकले आफ्नो १९ शाखा कार्यलय खोली वित्तीय सेवा प्रदान गर्ने भएको छ।

बैंकले असोज २१ गते दशैंको टिकाको दिनमा समेत कमलादी शाखा मार्फत बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सेवा प्रदान गर्ने जनाएको छ ।

बैंकले फुलपातिमा १५ शाखा मार्फत, महाअष्टमी, महानवमी र एकादशीको दिनमा १० शाखा कार्यालय मार्फत र  र विजया दशमीको दिन कमलादी शाखा मार्फत सेवा प्रदान गर्ने भएको हो।

  • सनराइज बैंकको १४ शाखा खुल्ने

सनराइज बैंकले दशैं विदामा काठमाण्डौं उपत्यका भित्र चार शाखा र उपत्यका बाहिर १० शाखा गरी कुल १४ शाखा कार्यालय खुला गरेर बैंकिङ्ग सेवा प्रदान गर्ने भएको छ।

बैंकको अधिकांश शाखा कार्यालयहरु बिहान १० बजेदेखि १२ बजेसम्म खुल्नेछन्। विजया दशमी अर्थात असोज २१ गते भने बैंकको कुनै पनि शाखा कार्यालय नखुल्ने भएका छन्।

 

  • एनएमबी बैंकको ५ शाखा खुल्ने

एनएमबी बैंकले काठमाण्डौं उपत्यका भित्र र बाहिर गरी दशैं विदामा आफ्नो पाँच शाखा कार्यलयमार्फत बैंकिङ्ग सुविधा प्रदान गर्ने भएको छ। विदाको समयमा खुलेका शाखा मार्फत २ लाख रुपैयाँसम्म नगद जम्मा र चेक सटही सुविधा उपलब्ध हुने बैंकले जनाएको छ ।

विजया दशमी अर्थात असोज २१ गते भने बैंकको कुनै पनि शाखा कार्यालय नखुल्ने भएका छन्।

  • सिटिजन्स बैंकको ११ शाखा खुल्ने

सिटिजन्स बैंकले दशैं विदामा उपत्यकाका ६ शाखा र उपत्यका बाहिरका ५ शाखा गरी कूल ११ वटा शाखा कार्यालयहरु खुल्ला राख्ने भएको छ।

बैंकले फुलपाति,महाअष्टमी, महानवमी र एकादशीमा उपत्यकाका दरवारमार्ग, न्यूरोड, कुमारीपाटी, कोटेश्वर, कलङ्की, र भैंसेपाटी शाखा तथा उपत्यका बाहिर विराटनगर, वीरगञ्ज, जनकपूर, नारायणघाट र पोखरा शाखा मार्फत सेवा उपलब्ध गराउने भएको छ। बैंकको शाखा कार्यालयहरु बिहान ११ बजेदेखि २ बजेसम्म खुल्नेछन्। 

ग्राहक सुविधालाई मध्यनजर गर्दै बैंकले असोज २१ गते टिकाको दिन समेत बिहान ११ बजेदेखि २ बजेसम्म उपत्यकाको दरबारमार्ग र कुमारीपाटी शाखा खोल्ने भएको छ।

 

  • स्ट्याण्डर्ड चाटर्डको १२ शाखा खुल्ने

स्ट्याण्डर्ड चाटर्ड बैंकले दशैं विदामा  १२ शाखा खोल्ने भएको छ । स्ट्यान्डर्डले काठमाण्डौं उपत्यका भित्र र उपत्यका बाहिर गरि १२ वटा शाखा कार्यालयहरु खुल्ला गर्ने भएको हो।

बैंकको अधिकांश शाखा बिहान ११ बजेदेखि २ बजेसम्म खुल्नेछन् भने केहि शाखा बिहान ९:३० बजेदेखि र केही दिउँसो २ बजेदेखि बेलुका ५ बजेसम्म खुल्नेछन्। 

यस दिनमा खुल्ने शाखा मार्फत ग्राहकहरुले ५ लाख रुपैयाँसम्मको भुक्तानी,  नगद जम्मा र विदेशी विनिमय सेवा पाउनेछन्। विजया दशमी अर्थात असोज २१ गते भने बैंकको कुनै पनि शाखा कार्यालय नखुल्ने भएका छन्।

 

  • माछापुच्छ्रे बैंकको २४ शाखा खुल्ने

माछापुच्छ्रे बैंकले दशै विदामा काठमाण्डौं उपत्यका भित्र र बाहिर गरि कूल २४ शाखा कार्यालयहरु मार्फत वित्तीय सेवा प्रदान गर्ने भएको छ ।

टिकाको दिन भने बैंकको कुनै पनि शाखा नखुल्ने बैंकले जनाएको छ ।

 

 

  • हिमालयन बैंकले विदामा ६ शाखा मार्फत सेवा दिने

हिमालयन बैंकले दशैं विदामा ६ वटा शाखा कार्यालयहरु मार्फत वित्तीय सेवा प्रदान गर्ने भएको छ। फुलपातिको दिन बैंकको ६ शाखा कार्यालयहरु, महाअष्टमीको दिन ४ शाखा, र एकादशीको दिन ३ शाखा खुल्ला रहनेछन्।

महानवमीको दिन र बिजया दशमी अर्थात टिकाको दिन भने बैंकको सबै शाखा बन्द रहने भएका छन्।

 

  • नबिल बैंकको १६ शाखा खुल्ने

नबिल बैंकले दशैं विदामा उपत्यकाभित्र ६ शाखा र उपत्यका बाहिर १० शाखा गरी कूल १६ शाखा खोल्ने भएको छ। 

बैंकले कमलादी तीनधारा र ललितपुर शाखा भने दशैंको टिकाको दिन पनि खुल्ला राख्ने भएको छ।बैंकको अधिकांश शाखा कार्यालयहरु बिहान १० बजेदेखि १ बजेसम्म खुल्नेछन्।

बैंकको अधिकांश शाखा कार्यालयहरु बिहान १० बजेदेखि १२ बजेसम्म खुल्नेछन्।  बैंकले विदाको दिनमा नगद जम्मा गर्ने र भुक्तानी सेवा, नबिल रेमिट र वेस्टर्न युनियन मनि ट्रान्फरबाट विप्रषण सेवा, तथा विदेशी मुद्रा सटही र युएस डलर प्रिपेड कार्ड जारी गर्ने सेवा प्रदान गर्नेछ।

  • बैंक अफ काठमाण्डूको १० शाखा खुल्ने

बैंक अफ काठमाण्डूले दशैं विदामा काठमाण्डौं उपत्यका भित्र र बाहिर गरी कूल १० शाखा कार्यालय खुल्ला राख्ने भएको छ ।

बैंकको कमलपोखरी शाखा भने असोज २१ गते टिकाको दिन पनि खुल्ला रहने छ । बैंकले विदाको दिनमा बचत खातामा ५० हजार र चल्ति खातामा २ लाख भुक्तानी सेवा, जतिसुकै रकम नगद जम्मा गर्नसक्ने सेवा प्रदान गर्नेछ ।

 

  • कुमारी बैंकको ५ शाखा खुल्ला रहने

कुमारी बैंकले दशैं विदामा आफ्नो ५ वटा शाखा कार्यालयहरु खुला गरेर बैंकिङ्ग सेवा प्रदान गर्ने भएको छ। बैंकले उक्त शाखाहरु  फुलपाति, महाअष्टमी, महानवमी र एकादशीमा ४ दिन ११ बजेदेखि २ बजेसम्म खुल्ला राख्ने भएको छ भने टिकाको दिन कुमारी बैंकको सबै शाखा बन्द रहने छन्।

 

  • एनआइसी एशिया बैंकको ३९ शाखा खुल्ने


एनआइसी एशिया बैंकले दशैं विदामा काठमाण्डौ भित्रका ११ वटा र बाहिरका २९ वटा गरी कुल ३९ वटा शाखा कार्यालय खुल्ने भएको छ। बैंकको शाखा कार्यालयहरु हरेक दिन ३ घण्टा खुल्ला रहनेछन्।

ग्राहकहरुले विदामा खुलेका शाखा कार्यालय मार्फत नगद जम्मा, चेक भुक्तानी तथा विदा पश्चात गर्नुपर्ने कुनै बैंकिङ्ग कार्यको लागि आवेदन समेत गर्न सक्ने बैंकले जनाएको छ ।

  • जनता बैंकको ९ शाखा खुल्ने

जनता बैंकले दशैं विदामा ९ वटा शाखा कार्यालय खोली वित्तीय सेवा प्रदान गर्ने भएको छ । बैंकले असोज १८ र १९ गते विहान १० बजेदेखि १ बजेसम्म खुल्ला रहने बैंकले जनाएको छ ।

 

 

  • सिद्धार्थ बैंकको १९ शाखा खुल्ने

सिद्धार्थ बैंकले दशैं विदामा काठमाण्डौ उपत्यका भित्र ४ र उपत्यका बाहिर १५ गरी १९ शाखा कार्यालयहरु खोल्ने भएको छ । बैंकको शाखाहरु दशै विदाको ४ दिन विहान ११ बजेदेखि २ बजेसम्म खुल्नेछन्।

  • नेपाल इन्भेष्टमेन्ट बैंकको २५ शखा खुल्ने

नेपाल इन्भेष्टमेन्ट बैंकले दशैं विदामा काठमाण्डौ उपत्यका भित्रका १५ शाखा र उपत्यका बाहिरका १० शाखा गरी २५ शाखा कार्यालय खोली वित्तीय  सेवा प्रदान गर्ने भएको छ।

बैंकले उपत्यकाको दरबारमार्ग शाखा भने विजया दशमी अर्थात टिकाको दिन पनि विहान ९ बजेदेखि १२ बजेसम्म र पुल्चोक शाखा १२ बजेदेखि ३ बजेसम्म खोल्ने भएको छ ।

  • एनसीसी बैंकको २ शाखा खुल्ने

एनसीसी बैंकले दशैं विदामा दुई शाखा कार्यालय खोली सेवा प्रदान गर्ने भएको छ। बैंकले विदाको समयमा न्युरोड र टेकु शाखा कार्यलय खोली वित्तीय सेवा प्रदान गर्ने भएको हो।

टिकाको दिन भने सबै शाखा बन्द रहने बैंकले जनाएको छ ।

 

  • सिभिल बैंकको १३ शाखा खुल्ने

सिभिल बैंकले दशैं विदामा १३ वटा शाखा कार्यालय खुल्ला गर्ने भएको छ। बैंकले सप्तमी, अष्टमी र नवमीको दिन उक्त शाखा कार्यलय खोल्नेछ भने विजया दशमी अर्थात टिकाको दिन मुख्य शाखा कार्यलय आवश्यकता अनुसार खोलीने र एकादशीको दिन ११ बजेदेखि २ बजेसम्म खोलिने बैंकले जनाएको छ । 

 

  • लुम्बिनी विकास बैंक पाँच शाखा खुल्ने

लुम्बिनी विकास बैंकले दशैं विदामा ५ वटा शाखाहरु खुल्ला राख्ने भएको छ। बैंकको उक्त शाखा कार्यालयहरु  बिहान १० बजेदेखि १२ बजेसम्म खुल्ला रहने बैंकले जनाएको छ ।

विजया दशमी अर्थात असोज २१ गते भने लुम्बिनी विकास बैंकको कुनै पनि शाखा कार्यालय नखुल्ने भएका छन्।

  • कामना सेवाको २२ शाखा खुल्ने

कामना सेवा विकास बैंकले दशैं विदामा २२ वटा शाखा कार्यालयहरु खोलि ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ ।

बैंकले असोज १८, १९ , २० र २२ गते फुलपाति,महाअष्टमी, महानवमी र एकादशीमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उक्त शाखाहरु खुल्ला राख्ने भएको हो । 

विजया दशमी अर्थात असोज २१ गते भने कामना सेवा विकास बैंकको कुनै पनि शाखा कार्यालय नखुल्ने भएका छन्।

  • कैलाश विकास बैंकको १० शाखा खुल्ने

कैलाश विकास बैंकले दशैं विदामा सातै वटा प्रदेशमा गरी कूल १० वटा शाखा कार्यालयहरु खुला गरेर बैंकिङ्ग सेवा प्रदान गर्ने भएको छ।

बैंकको अधिकांश शाखा कार्यालयहरु बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्नेछन्। विजया दशमी अर्थात असोज २१ गते भने कैलाश विकास बैंकको कुनै पनि शाखा कार्यालय नखुल्ने भएका छन्।

  •  सांग्रिला डेभलपमेन्ट बैंकको १३ शाखा खुल्ने

संग्रिला डेभलपमेन्ट बैंकले दशैं विदामा १३ वटा शाखा कार्यालय खुल्ला गर्ने भएको छ । बैंकको ८ वटा शाखा कार्यालय तीन दिन अर्थात महाअष्टमी, महानवमी र एकादशीको दिन खुल्ला रहने छ भने बाँकी ५ वटा शाखा एक दिन मात्र खुल्ला रहने छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।