मल्टीपर्पस फाइनान्सकाे २४ लाख ८७ हजार कित्ता शेयर लिलामीमा आउने

Oct 03, 2019 02:34 PM Merolagani



मल्टीपर्पस फाइनान्स (MPFL) ले असोज ३० गते बिहीबारदेखि २४ लाख ८७ हजार दुई सय ७८ कित्ता शेयर लिलामीमा ल्याउने भएको छ । 

फाइनान्सको हकप्रदमा बिक्री नभएको संस्थापक तर्फको १८ लाख ६० हजार ७२१ कित्ता र सर्वसाधारण तर्फको ६ लाख २६ हजार ५५७ कित्ता शेयर लिलामीमा ल्याउने भएको हो । 

लिलामी शेयरमा न्युनतम प्रति कित्ता एक सय रुपैयाँ वा सोभन्दा बढी मूल्य तोकी असोज ३० गतेदेखि कात्तिक ७ गते सम्ममा बोलपत्र पेश गर्नुपर्नेछ ।

बोलपत्र पेश गर्दा संस्थापक तर्फ न्युनतम एक हजार कित्ता र सर्वसाधारण समुह तर्फको लागि न्युनतम एक सय कित्ता वा अधिकतम सबै कित्ता शेयरको आवेदन गर्न सकिने फाइनान्सले जनाएको छ ।

सिभिल क्यापिटल मार्केट सुन्धारा काठमाडौं, मल्टीपर्पस फाइनान्सको केन्द्रीय कार्यालय राजविराज सप्तरी, सिभिल बैंकको शाखा कार्यालयहरु विराटनगर, बीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, बिरेन्द्रनगर(सुर्खेत), धनगढी, विर्तामोड, जनकपुर, हेटौडा, नारायणगढ, तथा घाराही(दाङ्ग)बाट गोप्य शिलबन्दी बोपलत्र पेश गर्न सकिने व्यवस्था छ ।

साथै सेञ्चुरी बैंकको शाखा कार्यालयहरु बाग्लुङ तथा महेन्द्रनगर (कंचनपुर)बाट पनि आवेदन बुझाउन सकिने छ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।