सिटिजन्स बैंकको वडा दशैंका सम्पुर्ण बिदाका दिनहरुमा नगद काउन्टर सेवा

Oct 03, 2019 05:27 PM Merolagani

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरूलाई सरल, सहज, सुलभ तवरले सेवा प्रवाह गर्ने उद्देश्यका साथ वडा दशैंका सम्पूर्ण बिदाका दिनहरुमा नगद काउन्टर सेवा उपलब्ध गराउने भएको छ।

“योर पार्टनरफर प्रोग्रेस”भन्ने नारालाई आत्मसाथगरी अनवरत रूपले नेपालीजनताको घरदैलोमा बैंकिंग सेवा पु¥याँउदैै आएको यस बैंकले आश्विन १८, १९, २० र २२ गते काठमाडौँ उपत्यका भित्रका दरबारमार्ग, न्युरोड, कुमारीपाटी, कोटेश्वर, कलंकी, भैंसेपाटी तथा उपत्यका बाहिरका बिराटनगर, वीरगंज, जनकपुर, नारायणघाट र पोखरा शाखाबाट नगद काउन्टर सेवाउपलब्ध गराउने भएको छ।

३६५ दिन बैंकिङ्ग सेवा प्रवाह गर्ने योजना अन्तर्गत बैंकले विजया दशमीको दिन (आश्विन २१ गते) काठमाडौँ उपत्यकाभित्रका दरबार मार्ग र कुमारीपाटी शाखाबाट नगद काउन्टर सेवा प्रवाह गर्नेछ।

उल्लेखित शाखाहरुबाट सेवाग्राहीहरुले बिहान ११ः०० बजे देखि दिउँसो २ः०० बजे सम्म नगद काउन्टरको सेवा लिन सक्नेछन्। साथै विजयादशमी २०७६ को शुभ अवसरमा आफ्ना समस्त ग्राहक, शेयरधनी एवम् शुभचिन्तकहरुमा बैंकले हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८४ वटा शाखा, ८० वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट करिब चार लाखग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।