सिभिल क्यापिटल र बुद्ध एयर बीच छुट आदान-प्रदान सम्झौता

Oct 03, 2019 05:34 PM Merolagani



सिभिल क्यापिटल र बुद्ध एयर बीच कर्मचारी तथा ग्राहकहरुलाई एक अर्काको ग्राहक सेवामा छुट दिने सम्झौता भएको छ।

उक्त सम्झौतामा सिभिल क्यापिटलमार्केटका का.मु प्रमुख कार्यकारी अधिकृत शुशिल महर्जन र बुद्ध एयरका विक्री तथा बजार व्यवस्थापन निर्देशक रुपेश जोशीले हस्ताक्षर गरेका छन्।

सो सम्झौतापत्र को आदान प्रदान कार्य सिभिल क्यापिटल मार्केटका का.मु. प्रमुख कार्यकारी अधिकृत शुशिल महर्जन र बुद्ध एयरका मानव संसाधन निर्देशक खगेन्द्र बहादुर बस्नेत बीच भएको छ ।

यस किसिमको सम्झौता सिभिल क्यापिटल मार्केटले यस अघि अन्य संघ संस्थाहरुसँग पनि गरिसकेको छ ।

यस किसिमको सम्झौताबाट व्यवसायिक सम्बन्ध विस्तार हुनका साथै धितोपत्र बजारको विकासमा टेव पु¥याउन अग्रसरता देखाउने सिभिल क्यापिटल मार्केट पहिलो क्यापिटल रहेको छ।

यस किसिमको सम्झौताको मुख्य उद्देश्य आयमुखिभन्दा पनि सेवामुखि रहेको छ ।