नेपालमा दक्षिण एसियाकै सबैभन्दा आधुनिक औद्योगिक पार्क बन्ने

Oct 04, 2019 11:30 AM Merolagani



दक्षिण एसियाको सबैभन्दा आधुनिक औद्योगिक पार्क नेपालमा निर्माण हुने भएको छ। औद्योगिक पार्क निर्माणका लागि लगानी बोर्ड, नेपाल र दमक क्लिन इन्डष्ट्रियल पार्कबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।

‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’ नाम राखिएको सो पार्कका अध्यक्ष गोविन्द थापा र लगानी बोर्डका अध्यक्ष महाप्रसाद अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । 

एक हजार ६ सय हेक्टरमा बन्ने औद्यगिक पार्कको निर्माण चार चरणमा सम्पन्न गर्ने तयारी गरेको छ । पहिलो चरणमा ५८ करोड ६० लाख अमेरिकी डलर लगानी गरेर निर्माण कार्य गरीने जनाएको छ ।

चिनियाँ सहयोग निमार्ण हुन लागेको औद्योगिक पार्क झापाको दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिका समेटिने जनाएको छ। चीनले अघि सारेको बेल्ट एण्ड रोड परियोजना अन्तर्गत नेपालमा बन्न लागेको हो। 

औद्योगिक पार्कका अध्यक्ष गोविन्द थापाले यो निर्माण कार्य नेपालको सबैभन्दा प्रभावकारी, आकर्षक र पारदर्शी हुने जानकारी दिए। उनले औद्योगिक पार्क निर्माणपछि नेपालमा विकासको नयाँ मोडल स्थापित हुने बताए। उनले भने– ‘नेपालीले विकासको ठोस परियोजनाको उदाहरण दिनुपर्दा विदेशतिरको दिनुपथ्यो। अब दमकमा नेपाल र नेपालीका लागि उदाहरणीय र गर्व गर्न लायक विकासको मोडल तयार हुनेछ।’ 

 

चिनियाँ प्रतिनिधिमण्डलका नेता जोउ चेङ जीले औद्योगिक पार्क उद्योग र सहरको एकीकृत विकासको मोडलमा तयार पारिने बताए। उनले सो औद्योगिक पार्क दक्षिण एसियाको एकमात्र आधुनिक औद्योगिक क्षेत्रको रुपमा विकास हुने र औद्योगिक पार्क बनेपछि दशौं हजारले रोजगार पाउने जनाए । औद्योगिक पार्क बनेपछि नेपालमा ठूलो परिमाणमा राजश्व वृद्धि हुने र समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य प्राप्त गर्न टेवा पुग्ने बताए।

त्यसैगरी लगानी बोर्डका अध्यक्ष महाप्रसाद अधिकारीले पार्क निर्माणले नेपालको विकासमा ठूलो योगदान पुग्ने बताए। त्यसैगरी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले दमकमा निर्माण हुने औद्योगिक पार्क नेपालकै मोडेल परियोजना हुने बताए। नेपालमा पीपीपी मोडलमा जलविद्युत आयोजना बाहेक अन्य खाले निर्माण कार्य नभएको बताउँदै बस्नेतले यो औद्योगिक पार्क पीपीपी मोडलको पहिलो गैरजलविद्युत आयोजना भएको उनको भनाई छ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।