मुक्तिनाथ विकास बैंकको सराहनीय काम, मृतकको ऋण मिनाहा गरेर रकम फिर्ता

Oct 04, 2019 11:45 AM Merolagani



मुक्तिनाथ विकास  बैंकले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत  बैंकको साना तथा लघु-बैंकिङ्ग कार्यालय, बुढिबजारमा सदस्य रहेकी विष्णुमाया बरालको मृत्यु भएकोले निजले उपभोग गरेको ऋणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ।

बैंकले बरालको आकस्मिक मृत्यु पश्चात् उनले भुक्तान गरिसकेको साँवा र ब्याज बापतको दुई लाख ७३ हजार ९८३ रुपैयाँ र काजकिरिया खर्च पाँच हजार समेत कूल दुई लाख ७८ हजार ९८३ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको बैंकले जनाएको छ।

उक्त रकम स्व. विष्णुमाया वरालको छोरा तथा निजले इच्छाएको व्यक्ति सुर्य प्रसाद बराललाई क्षेत्रिय कार्यालय पोखराका क्षेत्रिय प्रमुख बाबुराम ढकाल, बुढिबजार शाखाका शाखा प्रमुख रामचन्द्र रानाभाट तथा साना लघु-बैंकिङ्ग प्रमुख धु्रबराज घिमिरे र पोखरा –२७, का वडाध्यक्ष धनबहादुर नेपालीले संयुक्त रुपमा प्रदान गरेका हुन्।




रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Jan 02, 2026 09:04 AM

पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।