सिद्घार्थ बैंकको वित्तीय साक्षरता कार्यक्रम

Oct 04, 2019 11:54 AM Merolagani



सिद्घार्थ बैंक लिमिटेडले यूकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा असोज १५ गते आन्ट्ररपेयोर्स नेपालसँग सहकार्य गर्दै भक्तपुरको कमलबिनायकमा बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रम साना तथा मझौला व्यापारीहरुलाई विशेष गरी बैंकिङ्ग कर्जा सम्बन्धी जानकारी जस्तै व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यास्थापन, व्यापार विस्तार, बैंकिङ्ग प्रणाली, कर आदिका महत्वपूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले गरिएको थियो ।

कार्यक्रममा त्यस क्षेत्रका ४० भन्दा बढी साना तथा मझौला व्यापारीहरु सहभागी भएका थिए । देशभरि सबैक्षेत्र र वर्गको साना तथा मझौला व्यापारीहरुलाई प्रोत्साहन, सचेतना र सशक्तिकरण गर्ने उद्देश्यले आगामीदिनहरुमा पनि बैंकले यस किसिमका वित्तिय साक्षरता कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताएको छ ।

सबैक्षेत्र र वर्गसम्मबैंकिङ्गसेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर १६७ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १८२ एटीएम र १ हजार ५०० भन्दा बढी पस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।