एनआईसी एशियाकोे डेबिट तथा क्रेडिट कार्ड भिषा नेटवर्कमा आवद्ध नेपाल -भारतका एटीएममा पनि सञ्चालन हुने

Oct 05, 2019 04:28 AM Merolagani



एनआईसी एशिया बैंकको भिषा डेबिट तथा क्रेडिट कार्ड केही समयको लागि यस बैंकको एटीएम मेसिनहरुबाट मात्र सञ्चालन भइरहेकोमा असोज १८ देखि नेपाल तथा भारतका भिषा नेटवर्कमा आवद्ध अन्य बैंक तथा वित्तीय संस्थाहरुका चिप तथा पिन स्वीकार गर्ने एटीएम मेसिनहरुमा समेत संचालन हुने व्यवस्था मिलाइएको छ।

बैंकका कार्डवाहकहरुले २४ घण्टामा नेपालमा तीन पटक गरी हरेक पटक २० हजारका दरले अधिकतम ६० हजार रुपैयाँ  रकमसम्म झिक्न सक्नेछन् । यसै गरी भारतमा २४ घण्टामा दुई पटकमा गरीे हरेक पटक भा.रु. १० हजारकाका दरले अधिकतम भा.रु. १५ हजार रुपैयाँसम्म झिक्न सक्नेछन् ।

यससँगै यस बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्डहरु भिषा नेटवर्कमा आवद्ध भएका अन्य बैंक तथा वित्तीय संस्थाका पस मेसिनहरुमा समेत चल्ने व्यवस्था यसअघि नै मिलाइएको छ । यस बीचमा प्राविधिक कारणले आदरणीय ग्राहक महानुभावहरुमा पर्न गएको असुविधाका लागि बैंक क्षमाप्रार्थी छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३६७ एटिएम, ८३ वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।