नेपाल एग्रो र नेष्डो समृद्ध लघुवित्तविच आपसमा गाभिने सहमति

Oct 10, 2019 02:31 PM merolagani

नेपाल एग्रो लघुवित्त वित्तीय संस्था र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था आपसमा गाभिने (मर्जर) सहमति भएको छ। पर्बतमा केन्द्रिय कार्यलय रहेको नेष्डो लघुवित्त र कास्की जिल्लामा केन्द्रिय कार्यलय रहेको नेपाल एग्रो लघुवित्तले असोज १७ गते पोखरामा आयोजित एक कार्यक्रमका विच आपसमा गाभिनको लागि सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। 

मर्जर सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएपसँगै नेपाल स्टक एक्सचेञ्जले असोज २३ गते बिहिबारबाट नेपाल एग्रो लघुवित्तको शेयर कारोबार रोक्का गरेको छ। कम्पनीहरुको मर्जर प्रकृया सकिएपछिमात्र लघुवित्तको शेयर कारोबार खुल्नेछ।

आपसमा गाभिएपश्चात बन्ने संस्थाको नाम नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था रहने छ भने सञ्चालक समितिको अध्यक्षमा नेष्डो समृद्धका विश्व प्रकाश प्रसाई र प्रमुख कार्यकारी अधिकृतमा नेपाल एग्रोका सीईओ तेजेन्द्र शर्मा लम्साल रहने बताइएको छ। 

सहमती वमोजिम एकिकृत संस्थाको सञ्चालक समितिमा ५ जना रहने छन् जस मध्ये अध्यक्ष सहित ४ जना नेष्डो समृद्धवाट र १ जना सञ्चालक नेपाल एग्रोवाट प्रतिनिधीत्व हुनेछ।

दुइ लघुवित्त वित्तिय संस्थाको मर्जरको लागि स्वाप रेसियो १:१ रहने र मर्जरपश्चात संस्थाको केन्द्रीय कार्यालय पोखरा महानगरपालिका, वडा नं १७ मा रहने जनाइएको छ।

१७ जिल्लामा आफ्नो शाखा विस्तार गरी वित्तिय सेवा प्रदान गर्दै आएको नेष्डो समृद्ध र १० जिल्लामा शाखा विस्तार गरी वित्तिय सेवा प्रदान गर्दै आएको नेपाल एग्रो आपसमा गाभिएपश्चात शाखा संख्या ८२ पुग्नेछ।

हाल नेपाल एग्रो लघुवित्तको चुक्ता पूँजी ४ करोड ९७ लाख रुपैयाँ रहेकोमा गत वर्षको कमाइबाट प्रस्ताव गरेको १५ प्रतिशत बोनसपश्चात पूँजी ५ करोड ७१ लख रुपैयाँ हाराहारी पुग्नेछ भने नेष्डो लघुवित्त हकप्रदपश्चात पूँजी १७ करोड रुपैयाँ पुग्नेछ। मर्जरपश्चात चुक्तापुँजी २३ करोड २२ लाख ४४ हजार ४७० सय कायम हुनेछ ।

संस्थापक तथा सर्वसाधारणको शेयर अनुपात ७० : ३० प्रतिशत कायम राख्ने सहमती वमोजिम नेपाल एग्रोको सर्वसाधारणमा शेयर जारी गरीसकेकाले उल्लेखित अनुपात अनुसारको रकम मात्र पुनः एफपिओ जारी गरी गर्ने र एकिकृत कारोवार शुरु गरे पश्चात प्रचलित कानूनी प्रक्रिया पुरा गरी सर्वसाधारणवाट शेयर संकलन गरे पश्चात संस्थाको कुल चुक्ता पुँजी ३० करोड ७२ लाख ४४ हजार ४७० रुपैयाँ पु¥याउने संझौतापत्रमा उल्लेख छ ।

दुवै संस्थाको वर्तमान अवस्थालाई एकिकृति गर्दा लघुवित्तको २२ वटा जिल्लामा ८२ ओटा शाखा पुग्नेछ । संस्थामा आवद्ध सदस्य संख्या ९८ हजार, कर्जा लिने सदस्य ५८ हजार , लगानीमा रहिरहेको कर्जा ४ अरव १ करोड र कुल निक्षेप २ अर्व ४ करोड रहने संयुक्त मर्जर समितिका संयोजक सावित्री खत्री क्षेत्रीले वताउनु भयो।

कार्यक्रममा नेष्डो समृद्धका कार्यकारी अध्यक्ष विश्व प्रकाश प्रसाईले राष्ट्र बैंकको भावनाको सम्मान, राष्ट्रिय आवश्यकताको परिपुर्ति र लघु वित्त उद्योगमा विद्यमान चुनौतीको सामना गरी विपन्न परिवारलाई थप सेवा, सुविधा प्रदान गर्दै कर्मचारीको संरक्षण र लगानीकर्ताको लगानीको सुरक्षाको सुनिश्चित गर्न दुई संस्था एकिकृत हुने सहमतीमा पुगेको वताउनु भयो। 

 

मर्जको सहमति गरेको नेपाल एग्रो लघुवित्तले सर्वसाधारणमा शेयर जारी गरी नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भइसकेको छ भने नेष्डो समृद्ध लघुवित्त हालसम्म नेप्सेमा सूचीकृत भएको छैन ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।