शिवश्री हाइड्रोपावरको आईपीओमा सर्वसाधारणको न्युन आकर्षण, कात्तिक १५ गतेसम्म आवेदन दिन सकिने

Oct 11, 2019 12:37 PM Merolagani

शिवश्री हाइड्रोपावर (SSHL) ले सर्वसाधारणमा बिक्रीमा ल्याएको आईपीओमा न्युन आवेदन परेकाे छ । कम्पनीकाे शेयरमा न्युन आवेदन परेपछि आवेदन गर्ने समय लम्बिएको हाे।

कम्पनीले असोज १६ गतेदेखि बिक्रीमा ल्याएको आईपीओमा छिटोमा असोज २४ गते शुक्रबारसम्म सबै कित्ता शेयर खरिदको लागि आवेदन नपरेपछि ढिलोमा कात्तिक १५ गतेसम्म आवेदन दिन पाउनेगरी समय थप गरिने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ।

हाइड्रोपावरले सर्वसाधारणमा ३३ करोड ५१ लाख रुपैयाँको प्राथमिक शेयर बिक्रीमा ल्याएकोमा असोज २४ गते शुक्रबार विहान सम्ममा ८ हजार ६०० जना आवेदकबाट ४ करोड २० लाख रुपैयाँ बराबरको ४ लाख २० हजार कित्ता शेयर खरिदको लागि आवेदन परेको  क्यापिटलले जनाएको छ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई बिक्री नभएको शेयर समेत थपेर एक सय रुपैयाँ अंकित दरका ३३ करोड ५१ लाख रुपैयाँ बराबरको ३३ लाख ५१ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले यसअघि गत पुस २७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई १४ लाख ७६ हजार कित्ता शेयर निष्काशन गरेको थियो । जसमा ३ लाख ३९ हजार कित्ता शेयर मात्र बिक्री भएपछि बाँकी रहेको ११ लाख ३६ हजार कित्ता शेयर समेत थप गरी सर्वसाधारणमा बिक्री गरेको हो ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १० लाख कित्तासम्म खरीदको लागि आवेदन दिन सक्नेछन्। आईपीओमा आवेदन गर्न चाहने लगानीकर्ताले धितोपत्र बोर्डमा आश्वा प्रणालीमा आवद्ध सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट सि(आश्वा प्रणाली मार्फत र मेरो शेयर प्रयोगकर्ताले सो सफ्टवेयरबाट अनलाईन आवेदन मार्फत पनि आईपीओ भर्न सक्नेछन्।

  • यस्तो छ कम्पनी

शिवश्री हाइड्रोपावरले जारी गर्न लागेको आईपीओमा क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ्ग नेपालले ‘ग्रेड ४’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको आधारभुत अवस्था औसतभन्दा कमजोर रहेको देखाउँछ।

सिन्धुपाल्चोकमा २२.२ मेगावटको उपर चाकु “ए” जालविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीको चुक्ता पुँजी १ अर्ब १० करोड ७३ लाख रुपैयाँ छ।

प्रतिमेगावाट लागत २२ करोड ४५ लाख ९४ हजार रुपैयाँ रहेको आयोजनका कूल लागत ४ अर्ब ९८ करोड रुपैयाँ रहेको छ। कम्पनीले प्रकाशित गरेको विवरणपत्र अनुसार आयोजनामा गरिएको साधारण लगानी फिर्ता हुन करिब ९.५९ बर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुन २१.९५ वर्ष लाग्नेछ।

साधारण शेयर बिक्रीबाट प्राप्त आम्दानी कम्पनीले सिन्धुपाल्चोकमा निमाणाधिन २२.२ मेगावाट क्षमताको चाकु खोला ए जलविद्युत आयोजनाको निमार्ण सम्पन्न हुन बाँकी संरचना निमार्ण र बैंकबाट लिइएको कर्जा भुक्तानीमा उपयोग गरिने कम्पनीले जनाएको छ।

आयोजनाबाट उत्पादित विद्युत स्वीचयार्डदेखि प्राङग्रेटार गाविससम्म कम्पनी आफैँले २२ किलोमिटर १३२ केभि प्रसारण लाईनको निर्माण गरि नेपाल विद्युत प्राधिकरणको लामोसाघुँ सवस्टेशनमा जोडिनेछ। आयोजनाको विद्युत उत्पादन अनुमति पत्र बि।सं २१०३ साल फागुन ११ गतेसम्म बाहाल रहनेछ।

नेपाल विद्युत प्राधिकरणसँग आयोजनाबाट उत्पादित विद्युत खरीद बिक्री सम्झौता २०६७ भदौ २२ गते भइसकेको छ । सो सम्झौता ब्यापारिक विद्युत उत्पादन मितिले ३० वर्ष वा विद्युत उत्पादन अनुमतिपत्रको अवधि जुन घटी छ त्यहि अवधिसम्म कायम रहनेछ ।

बिक्री सम्झौता अनुसार बर्षा याममा ४ रुपैयाँ र हिउँदमा ७ रुपैयाँका दरले प्रतिकिलोवाट घण्टामा सम्झौता भएको हो। ब्यापारिक उत्पादन मितिलाई आधार मानेर प्रत्येक आर्थिक वर्षका लागि ३ प्रतिशतका दरले मूल्यवृद्धि गर्ने सहमति छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।