मल्टीपर्पस फाइनान्सले असोज ३० देखि २४ लाख ८७ हजार कित्ता शेयर लिलामीमा ल्याउने

Oct 14, 2019 10:44 AM Merolagani



मल्टीपर्पस फाइनान्स (MPFL) ले असोज ३० गते बिहीबार देखि हकप्रदमा बिक्री नभएको २४ लाख ८७ हजार २७८ कित्ता शेयर लिलामी बिक्रीमा ल्याउने भएको छ। 

फाइनान्स कम्पनीले गत असार ९ गतेदेखि निष्काशन गरेको हकप्रदमा बिक्री नभएको उक्त शेयर लिलामी मार्फत बिक्रीमा ल्याउने भएको हो ।

फाइनान्सले असार २३ देखि भदौ ९ गतेसम्म ८६५ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो । सो हकप्रदमा संस्थापक तर्फको १८ लाख ६० हजार ७२१ कित्ता र सर्वसाधारण तर्फको ६ लाख २६ हजार ५५७ कित्ता शेयर अवितरित भएपछि लिलामीमा ल्याइएको हो।

इच्छुक लगानीकर्ताले लिलामी शेयरमा प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य कात्तिक ७ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नसक्नेछन्। बोलपत्र पेश गर्दा संस्थापक तर्फ न्यूनतम एक हजार कित्ता र सर्वसाधारण समुहको लागि न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि माग गर्न सकिने बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले जनाएको छ ।

लिलामी शेयरमा सिभिल क्यापिटल मार्केट सुन्धारा, मल्टीपर्पस फाइनान्सको केन्द्रीय कार्यालय राजविराज सप्तरी, सिभिल बैंकको शाखा कार्यालयहरु विराटनगर, बीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, बिरेन्द्रनगर, धनगढी, विर्तामोड, जनकपुर, हेटौडा, नारायणगढ, तथा घाराहीबाट गोप्य शिलबन्दी बोपलत्र पेश गर्न सकिनेछ।
साथै सेञ्चुरी बैंकको शाखा कार्यालयहरु बाग्लुङ तथा महेन्द्रनगरबाट पनि आवेदन बुझाउन सकिने छ ।

फाइनान्सको शेयर असोज १६ गते बिहीबार अन्तिम पटक प्रतिकित्ता ९७ रुपैयाँमा कारोबार भएको छ। 




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।