मेरो शेयरमा थपियो भारित औसत लाभकर गणना विधि सहित अन्य फिचर

Oct 15, 2019 11:15 AM Merolagani

सिडिएससी एण्ड क्लियरिङ्गको मेरो शेयर सफ्वयरमा भारित औषत लाभकर गणना विधि सहित अन्य फिचरहरु समेत थपिएको छ। सिडिएससीले भारित औसत लाभकर गणना विधि सहितका नयाँ फिचर्स थपिएको प्रणाली असोज २७ गते देखि पूर्ण रुपमा लागू गरेको हो।

त्यस व्यवस्था अनुसार लगानीकर्ताले आफ्नो हितग्राही खातामा मौज्दात रहेको धितोपत्रको लागतको भारित औषत गणना गर्न र उक्त धितोपत्र बिक्री गरेमा सोको राफसाफ तथा फछ्र्यौट प्रयोजनका लागि इडीआईएस प्रविष्टि मेरो शेयर मार्फत नै गर्न सक्नेछन्। लगानीकर्ताले मेरोशेयर मार्फत ईडिआईएस ट्रान्सफर गर्नु अगाडि भारित औषत लाभकर सम्बन्धि विवरण अध्यावधिक गरिएको हनुपर्ने ब्यबस्था गरिएको सिडीएससीले जनाएको छ।

मेरो शेयरमा सोमबारबाट भारित औसत लाभकर गणना विधि सहितका नयाँ फिचर्स थपिएको छ भने बेवसाईटको लुक्स पनि परिवर्तन भएको छ।

यसैगरि नयाँ प्रणालीमा  बिक्री खुला भैरहेका सार्वजनिक निष्काशन, हकप्रद, र आवेदन दिन बाँकी समय, लगानीकर्ताले आवेदन दिएको सार्वजनिक निष्काशनको संख्या र बाँडफाँड भएको निष्काशनको संख्या पनि देख्न सकिनेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।