चीनसँग सम्झौता नभए थप सामानमा शुल्क लगाउने अमेरिकी चेतावनी

Oct 16, 2019 12:59 PM Agency

अमेरिकाले चीनसँग पछिल्लो वार्तामा पनि कुनै प्रकारको सम्झौता नभए चिनीयाँ नयाँ सामानमा शुल्क वृद्धि गर्ने चेतावनी दिएको छ । अमेरिकी व्यापार सचिव स्टिभन म्नुचिनले १८ डिसेम्बरसम्म चीनसँग कुनै व्यापारिक सम्झौता नभए १५६ अर्ब डलर बराबरको चिनियाँ सामानमा नयाँ शुल्क लगाउने चेतावनी दिएका हुन् ।

दुई मुलुकबीच व्यापारवार्ता चलिरहेको अवस्थामा म्नुचिनको यस्तो भनाइ आएको हो ।

विश्वका दुई ठूला अर्थव्यवस्था भएका देश बीचको व्यापार युद्ध लामो समयदेखि जारी रहेको छ । दुई देशले एक अर्काको सामानमा एकमाथि अर्काे शुल्क वृद्धि गर्ने क्रम बढेसँगै दुई देशका बीचको व्यापार युद्धले चर्काे रुप लिदैँ गएको छ । अमेरिका–चीनबीचको व्यापार युद्धले विश्व अर्थतन्त्रमा नै असर पारिरहेको विभिन्न विश्लेषणहरुले बताइरहदाँ दुई देशबीच युद्ध समाधान हुने कुनै संकेत देखिएको छैन ।

म्नुचिनले चीनसँग व्यापारिक सम्झौता हुने अपेक्षा पनि व्यक्त गरे । गत हप्ता मात्र अमेरिकाले चीनबाट आयातित बस्तुमा गर्ने भनेको शुल्क वृद्धि हालका लागि स्थगित गर्ने निर्णय गरेको थियो । वाशिंगटनमा दुई दिनसम्म चलेको व्यापार वार्तापछि अमेरिकाले उक्त निर्णय गरेको थियो ।

यसका सथै यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो चरणको वार्तामा प्रमुख विषयमा सहमति जुटिसकेको बताएका थिए ।

चिनियाँ सामग्रीमा मंगलवारदेखि शुल्क बढाउने घोषणा भएकोमा अब डिसेम्बर १५ देखि लागू हुने म्नुशिनले बताए । व्यापार सम्झौताका लागि अझै केही चरणको वार्ता आवश्यक हुने बताइएको छ ।

लामो समयदेखिको व्यापारयुद्धको कारण अहिले दुवै मुलुकको अर्थतन्त्र प्रभावित बन्न पुगेको छ । यस्तो अवस्थामा दुवै मुलुक व्यापार सम्झौताको माध्यमबाट यो समस्या समाधानको प्रयासमा छन् । एजेन्सी

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।