प्रहरी नायब निरीक्षक विरुद्ध मुद्धा दायर

Oct 17, 2019 08:45 AM RSS

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी प्रभाग थलीमा कार्यरत प्रहरी नायब निरीक्षक विपिनचन्द्र पन्त विरुद्ध बुधबार आरोपपत्र दायर गरेको छ।

सवारी दुर्घटनासम्बन्धी विषयमा मिलापत्र गरिदिने भन्दै सेवाग्राहीसँग पाँच हजार घुस लिएको आरोपमा पन्तविरुद्ध अख्यिारले मुद्धा दायर गरेको हो।

पन्चले मिलापत्र गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाका आधारमा खटिइएको आयोगको टोलीले प्रनानी पन्तलाई घुससहित नियन्त्रणमा लिएको थियो ।

उनलाई पाँच हजार बिगो माग दाबी गर्दै आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।