चेम्बर अफ कमर्श र भाइब्रेण्ट गोवा फाउण्डेशनबीच द्धिपक्षीय व्यापार तथा लगानी सम्झौता

Oct 17, 2019 04:11 PM Merolagani

नेपाल चेम्बर अफ कमर्श र भारतको भाइब्रेण्ट गोवा फाउण्डेशनबीच द्धिपक्षीय व्यापार, लगानी, पर्यटन प्रबर्धन एंव आर्थिक सम्बन्ध विस्तार गर्ने सम्झौता भएको छ । नेपाल चेम्बर अफ कमर्शका तर्फबाट अध्यक्ष राजेश काजी श्रेष्ठ र भाइब्रेण्ट गोवा फाउण्डेशनका तर्फबाट सभापति राजकुमार कामतले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

भाइब्रेण्ट गोवाः ग्लोबल एक्स्पो २०१९ को अवसरमा भएको उक्त समझदारी पत्रले आगामी दिनमा द्धिपक्षीय आर्थिक एंव व्यापारिक सम्बन्ध वृद्धि हुने अपेक्षा दुबै पक्षले गरेका छन् । साथै व्यापार लगानी अभिवृद्धि गर्न गोवामा नेपाल डेस्क र नेपालमा गोवा डेस्क राख्ने समेत समझदारी भएकाे छ ।

 

चेम्बरका अध्यक्ष श्रेष्ठले नेपाल चेम्बरले २०२० को फेब्रुअरीमा आयोजना गर्ने नेपाल चेम्बर एक्स्पोमा सहभागिताको लागि अनुरोध गर्दै पहाडी मुलुक नेपाल र समुन्द्री सतहसँग जोडिएको गोवा ‘फ्रम ग्रीन टू ब्लू’ बीच पर्यटन प्रबर्धन  र कनेक्टिभिटीमा जोड दिएकाले नेपाल भ्रमण वर्ष २०२० मा गोवाबाट पर्याप्त पर्यटक भित्राउन सकिने संभावनामा रहेको बताए ।

यस्तै भाइब्रेन्ट गोवा फाउण्डेशनका सभापति राजकुमार कामतले समझदारीपत्रको कार्यान्वयनले पर्यटन वर्षमा आफ्नो संस्थाको तर्फबाट सहभागिता र प्रबर्धनको लागि महत्वपूर्ण कार्य गरिने विश्वास व्यक्त गरे ।

समझदारीपत्रमा दुई देशका चेम्बर बीच व्यापरीक सूचना आदान प्रदान, मेला प्रदर्शनीमा दुवै मुलुकमा सहभागिता, पर्यटन प्रबर्धन, व्यापारिक रऔद्योगिक प्रतिनिधि मण्डलको आदान प्रदान गरिने कुरा समेत उल्लेख छ ।

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।