युनाइटेड इन्स्योरेन्सको साधारण सभाले मर्जर एजेण्डा पारित गर्दै

Oct 18, 2019 11:16 AM Merolagani



युनाइटेड इन्स्योरेन्स (UIC) ले अन्य कुनै पनि निर्जिवन बीमा कम्पनीसँग मर्जरमा जाने मार्ग प्रशस्त गर्न मर्जर प्रस्ताव सहित कम्पनीको २५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ। 

कम्पनीले कार्तिक २६ गते मंगलबार बबरमहल स्थित कार्की ब्यांक्वेटमा बिहान १० बजे २५ औं वार्षिक साधारण सभा बोलाएको हो।

साधारण सभामा कम्पनीले भविष्यमा अन्य निर्जिवन बीमा कम्पनीसँग आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी समझदारीमा पत्रमा हस्ताक्षर गर्न, चल-अचल सम्पत्ति र दायित्व मूल्याकंन गर्नको लागि मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्न तथा मर्जर सम्बन्धी सम्पुर्ण प्रक्रियाको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव लैजादै छ ।

त्यस्तै सभामा बीमाको संस्थागत सुशासन सम्बिन्धि निर्देशिका अनुरुप संचालक समितिको संरचना परिवर्तनको लागि कम्पनीको नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि कार्तिक ८ गतेदेखि शेयर दाखिला खारेज (बुकक्लोज) गर्ने भएको छ। जसअनुसार कार्तिक ७ गतेसम्म कायम भएका शेयरधनी मात्र इन्स्योरेन्सको साधारण सभामा भाग लिन पाउनेछन्।

युनाइटेड इन्स्योरेन्सले गत भदौ ३ गतेदेखि १० बराबर २४ कित्ताको अनुपातमा कूल ७२ करोड ५७ लाख ६० हजार रुपैयाँ बराबरको ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो।

हकप्रदपश्चात कम्पनीको चुक्ता पूँजी बीमा समितिले तोके बमोजोम न्यूनतम एक अर्ब (१ अर्ब २ करोड ८१ लाख ) कायम भएको छ।

 




वाणिज्य बैंकहरूको वित्तीय विश्लेषणः नबिल नाफामा अगाडि, एभरेस्टको लाभांश क्षमता उच्च

Aug 16, 2026 07:24 AM

नेपालमा सञ्चालनमा रहेको २० वटै वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८२८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन्। विवरण अनुसार वाणिज्य बैंकहरूको समग्र स्थितिमा निकै उतारचढाव देखिएको छ।