चिकित्सा पढ्ने शुल्क बढ्यो, चिकित्सा शिक्षा आयोगले निर्धारण गर्यो नयाँ शुल्क

Oct 18, 2019 05:38 PM merolagani



निजी शिक्षण अस्पतालले शुल्क बढाएको आरोप लागिरहेको बेला चिकित्सा शिक्षा आयोगले एमबिबिएस र बिडिएसको अध्यापन शुल्क बढाएको छ ।

नयाँ निर्धारण गरिएको शुल्क अनुसार एमबिबिएस पढ्ने बिद्यार्थीले उपत्यकाका मेडिकल कलेजमा एमबिबिएसमा ४० लाख २३ हजार २ सय ५० र उपत्यका बाहिर ४४ लाख ३६ हजार २५ रूपैयाँ तिर्नुपर्ने भएको छ । बिडिएसतर्फ उपत्यकामा २० लाख १९ हजार ५ सय ८० रूपैयाँ र उपत्यका बाहिर २० लाख १९ हजार ५ सय ८० रूपैयाँ लाख रूपैयाँ तोकिएको छ ।

यो निर्णय आउनु भन्दा पहिले उपत्यकामा एमबिबिएस ३८ लाख ५० हजार रूपैयाँ र उपत्यका बाहिर ४२ लाख ४५ हजार रूपैयाँ, बिडिएस उपत्यकामा १९ लाख ३२ हजार ६ सय १२ रूपैयाँ निर्धारण गरिएको थियो । नयाँ शुल्क निर्धारण हुँदा बिद्यार्थीले करीब दुइ लाखसम्म बढी शुल्क तिर्नु पर्ने भएको छ ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।