चिकित्सा पढ्ने शुल्क बढ्यो, चिकित्सा शिक्षा आयोगले निर्धारण गर्यो नयाँ शुल्क

Oct 18, 2019 05:38 PM merolagani



निजी शिक्षण अस्पतालले शुल्क बढाएको आरोप लागिरहेको बेला चिकित्सा शिक्षा आयोगले एमबिबिएस र बिडिएसको अध्यापन शुल्क बढाएको छ ।

नयाँ निर्धारण गरिएको शुल्क अनुसार एमबिबिएस पढ्ने बिद्यार्थीले उपत्यकाका मेडिकल कलेजमा एमबिबिएसमा ४० लाख २३ हजार २ सय ५० र उपत्यका बाहिर ४४ लाख ३६ हजार २५ रूपैयाँ तिर्नुपर्ने भएको छ । बिडिएसतर्फ उपत्यकामा २० लाख १९ हजार ५ सय ८० रूपैयाँ र उपत्यका बाहिर २० लाख १९ हजार ५ सय ८० रूपैयाँ लाख रूपैयाँ तोकिएको छ ।

यो निर्णय आउनु भन्दा पहिले उपत्यकामा एमबिबिएस ३८ लाख ५० हजार रूपैयाँ र उपत्यका बाहिर ४२ लाख ४५ हजार रूपैयाँ, बिडिएस उपत्यकामा १९ लाख ३२ हजार ६ सय १२ रूपैयाँ निर्धारण गरिएको थियो । नयाँ शुल्क निर्धारण हुँदा बिद्यार्थीले करीब दुइ लाखसम्म बढी शुल्क तिर्नु पर्ने भएको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।