सिटिजन्स बैंकको कम्पनी सचिवमा श्रेष्ठ

Oct 20, 2019 01:44 PM Merolagani

सिटिजन्स बैंक इन्टरनेशनल (CZBIL) ले राजेन्द्र लाल श्रेष्ठलाई कम्पनी सचिव पदमा नियुक्त गरेको छ।  बैंकको सञ्चालक समितिको कात्तिक १ गते सम्पन्न बैठकले सहायक प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई सोही दिनदेखि लागू हुनेगरी सो पदमा नियुक्त गरेको हो।

भारतको पुणेमा अवस्थित सिम्बायोसिस इन्ष्टिच्युट अफ विजनेश म्यानेजमेन्ट (एसआईबिएम)बाट एमबिए गरेका श्रेष्ठसँग बैंकिङ्ग क्षेत्रमा १५ वर्षको अनुभव छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।