वर्ल्ड मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स अब समृद्धि फाइनान्स

Oct 20, 2019 02:09 PM Merolagani

वर्ल्ड मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको नाम परिवर्तन भएको छ। साविकको वर्ल्ड मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको असार २१ गते सम्पन्न सोह्रौं र सत्रौं वार्षिक साधारणसभाको निर्णय अनुसार कम्पनीले नाम परिवर्तन गरी समृद्धि फाइनान्स कम्पनी लिमिटेड राखेको हो।

कम्पनीले साविकको वल्ड मर्चेण्टको नामबाट भए गरेको र हुने सम्पूर्ण कारोवारहरु परिवर्तित नाम समृद्धि फाइनान्स कम्पनी लिमिटेडको नामबाट हुने र भए गरेको मानिने गरी नाम परिवर्तन गरेको हो। कम्पनीले नामसँगै लोगो समेत परिवर्तन भएको जनाएको छ।

 

कम्पनीले नाम परिवर्तन गर्न नेपाल राष्ट्र बैंकबाट साउन १९ गते अनुमति पाएको थियो भने कम्पनी रजिष्ट्रारको कार्यालयबाट असोज १४ गते अनुमति पत्र प्राप्त गरेको थियो। अब वर्ल्ड मर्चेण्टको नाममा हुने गरेका सम्पूर्ण कारोबारहरु समृद्धि फाइनान्सको नामबाट हुनेछन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।