लक्ष्मी बैंकद्वारा 'माई कार्ड आइडियाज' प्रतियोगिताको विजेता घोषित

Oct 22, 2019 05:13 PM Merolagani



लक्ष्मी बैंकले सञ्चालन गरेको “माई कार्ड आइडियाज”नामक क्राउड सोर्सिङ्ग प्रतियोगिताको विजेताको घोषणा गरिएको छ।

मंगलबार काठमाडौंमा आयोजित एक प्रेस सम्मेलन मार्फत डिजाइनर टीशा श्रेष्ठलाई उक्त प्रतियोगिताको विजेताका रुपमा घोषणा गरिएको हो। क्राउड सोर्सिङ्गको अवधारणा अन्तर्गत बैंकका ग्राहकहरुको रचनात्मकतालाई उजागर गर्ने अवसर प्रदान गर्दै सहकार्यको माध्यमबाट बैंकको नयाँ भिसा कार्डको डिजाइन बनाउने उद्देश्यका साथ यो प्रतियोगिता सञ्चालन गरिएको थियो।

क्राउड सोर्सिङ्गको अवधारणामा यस्तो प्रतियोगिता गर्ने लक्ष्मी बैंक पहिलो बैंक हो। साधारण तया क्राउड सोर्सिङ्ग भनेको जनसमुदाय माझ निश्चित कार्य आउट सोर्स गर्ने प्रक्रियालाई जनाउँछ । यस प्रतियोगिता अन्तर्गत नेपालका सातैवटा प्रदेशको विविध संस्कृति, सम्पदा र प्राकृतिक सुन्दरता झल्काउने अवधारणा सहितको बैंकको नयाँ भिसा कार्डको डिजाइन आह्वान गरिएको थियो । नयाँ भिसा कार्डहरुले नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्घनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

एक महिनासम्म चलेको यस प्रतियोगिताबाट प्राप्त डिजाइनहरुबाट विज्ञ निर्णायकहरुको समूहले सुश्री टीशा श्रेष्ठको डिजाइनलाई उत्कृष्ट घोषित गरेको हो । विजेता टीशा श्रेष्ठले सातैवटा प्रदेशको कार्डको डिजाइन वापत कूल ३ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछिन्। कार्यक्रममा विजेता डिजाइनहरुको समेत अनावरण गरिएको थियो ।

लक्ष्मी बैंकले ४८ जिल्लामा ११५ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४० एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा६४ शाखा रहित बैंकिङ्ग एजेन्टहरु मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायीकर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँचन पुगेका क्षेत्र र बजारहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।