बोटलर्सको दुबै कम्पनीको एकैदिन साधारण सभा आह्वान, बोटलर्स नेपाल तराईले मात्रै लाभांश बाँड्ने

Oct 22, 2019 05:36 PM Merolagani



बोटलर्सको दुबै कम्पनीहरु बोटलर्स  नेपाल बालाजु (BNL) र बोटलर्स नेपाल तराई (BNT) ले एकै दिन साधारण सभा बोलाएका छन्। कार्तिक २८ गते बिहीबार होटल अन्नपुर्ण दरबारमार्ग काठमाडौंमा बोटलर्स  नेपालको ४१ औं र बोटलर्स  नेपाल तराईले ३३ औं साधारण सभा साधारण सभा बोलाइएको छ।

बोटलर्स  नेपाल तराईले बिहान ११ बजे र बोटलर्स  नेपाल बालाजुले दिउँसो ४ बजे साधारण सभा बाेलाएकाे हो ।

  • बोटलर्स नेपाल 

बोटलर्स नेपाल बालाजु (BNL) ले साधारण सभामा आर्थिक वर्ष २०७५/०७६ को संचालक समितिको प्रतिबेदन पारित गर्ने तथा प्रबनध संचालकको पारिश्रमिक तथा अन्य सुविधाहरु माथि छलफल गरी पारित गर्ने तयारी गरेको छ।

साधारण सभाले एकीकृत वित्तीय विवरण, २०७६ असार ३१ गते सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको लेखा परिक्षण भएको वित्तीय विवरण र लेखा परिक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।

साधारण सभा प्रयोजनको लागी कम्पनीले कार्तिक १४ गते देखि २८ गते सम्म बुकक्लोज गर्ने जनाएको छ। त्यस अनुसार कार्तिक १३ गते सम्म कायम शेयरधनी मात्रै साधारण सभामा सहभागि हुन पाउनेछन्।

  • बोटलर्स नेपाल तराईले लाभांश पारित गर्दै

बोटलर्स नेपाल तराई (BNT) ले संचालक समितिले प्रस्ताव गरेको प्रतिशेयर ४० रुपैयाँका दरले लाभांश पारित गर्ने तयारी गरेको छ। यस्तै कम्पनीले मुख्य कम्पनी बोटलर्स नेपालबीच भएको वा हुने कारोबारबारे छलफल गरी पारित गर्ने तयारी गरेको छ।

यस्तै बोटलर्स नेपाल तराईले साधारण सभामा आर्थिक वर्ष २०७५/०७६ को संचालक समितिको प्रतिवेदन पारित गर्ने तथा २०७६ असार ३१ गते सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको लेखा परिक्षण भएको वित्तीय विवरण र लेखा परिक्षकको प्रतिवेदन स्वीकृत गर्ने तयारी गरेको छ।

साधारण सभा प्रयोजनको लागी कम्पनीले कार्तिक १४ गतेदेखि २८ गते सम्म बुकक्लोज गर्ने जनाएको छ। त्यस अनुसार कार्तिक १३ गते सम्म कायम शेयरधनी मात्रै प्रस्तावित लाभांश प्राप्त गर्नुका साथै साधारण सभामा सहभागि हुन पाउनेछन् ।

 




पुँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पुँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।