महिन्द्रा गाडीको स्पेयर पार्टस् र एक्सोसरिज बिक्री कक्ष नेपालगञ्जमा स्थापना

Oct 24, 2019 01:56 PM Merolagani



अग्नि ग्रुपअन्तर्गतको बालाजु अटो वक्र्सका आधिकारिक बिक्रेता गनापुर अटो वक्र्स सर्भिस सेन्टरले नेपालगन्जको गनापुरमा कात्तिक ६ गते, महिन्द्रा गाडिहरुको लागि स्पेयर पार्टसहरु तथा लुब्रिकेन्ट बिक्री गर्ने आधिकारिक बिक्री कक्षको विस्तार गरेको छ।

सो केन्द्रको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ र गनापुर अटो वक्र्स सर्भिस सेन्टरका प्रबन्ध निर्देशक पर्थ भुसालका साथै बालाजु अटो वक्र्सका प्रतिनिधिहरुले संयुक्त रूपमा गरेका थिए ।

गनापुर, नेपालगन्जमा स्थापना गरिएको गनापुर अटो वक्र्स सर्भिस सेन्टरका विक्री कक्षबाट ग्राहकले जेन्युन पार्टस् सहज रुपमा प्राप्त गर्न सक्नेछन् ।




‘देशमै बस्नुभन्दा भारत गएर बस्दा सुरक्षित महसुस हुन्छ’

May 17, 2026 02:36 PM

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताएका छन् ।