राष्ट्रिय वाणिज्य बैंकले गोरखा र धादिङका भुकम्प पीडितलाई ऋण दिने

Oct 25, 2019 05:44 PM Merolagani



राष्ट्रिय वाणिज्य बैंकले गोरखा र धादिङ्ग जिल्लाका भुकम्प पीडितहरुलाई सहुलियतपूर्ण ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ ।

बैंकले शुक्रबार यूके एड सक्षम एक्सिस टु फाइनान्ससँग समझदारी दुई जिल्लाका पीडित जनतालाई सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता गरेको छ। 

सम्झौतापत्रमा राष्ट्रिय पुनरनिर्माण प्रधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीको उपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सक्षमका टोली प्रमुख निर्मल दाहालले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि २०७२ सालको भुकम्पले क्षति पुर्याएका धादिङ्ग जिल्लाका धुनिवेशी, निलकण्ठ नगरपालिका र गोरखा जिल्लाको गोरखा नगरपालिकाका नागरिकहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत सहुलियत दरमा भुकम्प पीडित घर कर्जा लगानी गर्ने छ।

सझौतापछि प्रदेश नम्बर २, प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका दुर्गम जिल्लाहरुमा बैंकले सक्षमसँग मिलेर सामाजिक सुरक्षाको रकम भुक्तानी बैंक मार्फत गर्नको लागि वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने जनाएको छ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।