राष्ट्रिय वाणिज्य बैंकले गोरखा र धादिङका भुकम्प पीडितलाई ऋण दिने

Oct 25, 2019 05:44 PM Merolagani



राष्ट्रिय वाणिज्य बैंकले गोरखा र धादिङ्ग जिल्लाका भुकम्प पीडितहरुलाई सहुलियतपूर्ण ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ ।

बैंकले शुक्रबार यूके एड सक्षम एक्सिस टु फाइनान्ससँग समझदारी दुई जिल्लाका पीडित जनतालाई सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता गरेको छ। 

सम्झौतापत्रमा राष्ट्रिय पुनरनिर्माण प्रधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीको उपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सक्षमका टोली प्रमुख निर्मल दाहालले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि २०७२ सालको भुकम्पले क्षति पुर्याएका धादिङ्ग जिल्लाका धुनिवेशी, निलकण्ठ नगरपालिका र गोरखा जिल्लाको गोरखा नगरपालिकाका नागरिकहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत सहुलियत दरमा भुकम्प पीडित घर कर्जा लगानी गर्ने छ।

सझौतापछि प्रदेश नम्बर २, प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका दुर्गम जिल्लाहरुमा बैंकले सक्षमसँग मिलेर सामाजिक सुरक्षाको रकम भुक्तानी बैंक मार्फत गर्नको लागि वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने जनाएको छ।




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।