सूर्या लाइफ इन्स्योरेन्सको तीन लाख कित्ता शेयर कार्तिक २४ गते देखि लिलामीमा आउने

Oct 27, 2019 12:59 PM Merolagani

सूर्या लाइफ इन्स्योरेन्स (SLICL) ले कार्तिक २४ देखि ३ लाख ९ हजार ३०२ कित्ता शेयर लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले हकप्रदमा बिक्री नभएको संस्थापक तर्फको २७ हजार ३८९.२ कित्ता र सर्वसाधारणहरुको तर्फको २ लाख ८१ हजार ९१२.८ कित्ता शेयर गरी सो बराबरको शेयर लिलामीमा बिक्री गर्न लागेको हो ।

इन्स्योरेन्सले गत भदौ ८ देखि असोज १२ गते सम्म ८८ करोड ७४ लाख रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री गरेको थियो । हकप्रदमा शयेर बिक्री नभएको बाँकी शेयर लिलामीमा आउने भएको हो ।

कम्पनीको लिलामी शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँमा तोकिएको छ। त्यस अनुसार न्यूनतम मूल्य मूल्य वा सो भन्दा बढी मूल्य तोकेर बोलकबोल पेश गर्नुपर्नेछ । आबेदकले न्यूनतम १०० कित्ता वा सो भन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक तर्फ अधिकतम सबै कित्ताको लागि र सर्वसाधारण तर्फ अधिकतम ५० हजार कित्ता सम्मको लागि मात्रै आबेदन गर्न सकिनेछ ।

बोलपत्र पेश गर्न इच्छुकले कम्पनीको शेयर बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटल र सुर्या लाइफको वीरगंज, नेपालगंज, बुटलव, पोखरा, धन्गढी, महेनद्रनगर र इटहरी शाखामा मंसिर १ गते सम्ममा आबेदन दिन सकिनेछ।

कार्तिक ७ गते बिहीबार कम्पनीको शेयर प्रति कित्ता २६५ रुपैयाँको हराहरीका कारोबार भएको छ।

comments powered by Disqus