प्रभु बैंकको साधारण सभा मंसिर ६ गते, १६ प्रतिशत बोनस अनुमोदन गर्दै

Nov 02, 2019 02:17 PM Merolagani

प्रभु बैंक लिमिटेडले मंसिर ६ गते बैंकको केन्द्रिय कार्यालय, बबरमहलमा अठारौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । 

सो सभाले बैंकको हाल कायम चुक्ता पूँजीको १६ प्रतिशतले हुने रकम १ अर्ब ४२ करोड २८ लाख रूपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.८४२१ प्रतिशतले हुने रकम ७ करोड ४८ लाख रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ । 

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ८९ करोड २६ लाख रहेको छ । बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड ५५ लाख पुग्नेछ ।

सो सभाले बैंकको सेयर स्वामित्व परिवर्तन गरी संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम हुनेगरी प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । हाल बैंकमा संस्थापक समूहको ५५ प्रतिशत र सर्वसाधारण समूहको ४५ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

सभामा अन्य बैंक तथा वित्तीय संस्था प्राप्ति सम्बन्धी प्रक्रिया अगाडि बढाउनका लागि संचालक समितिलाई अख्तियारी पनि प्रदान गर्नेछ ।

कात्तिक १५ गते बसेको बैंकको संचालक समितिको बैठकले सो दिन साधारण सभा गर्ने निर्णय गरेको हो । सो सभा दिनको २ बजे सु हुनेछ ।

साधारण सभा प्रयोजनको लागि बैंकले कात्तिक २६ गतेदेखि मंसिर ६ गतेसम्म बुक क्लोज गर्नेछ । बैंकको सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।