नागरिक लगानीको कोषको लिलामी शेयरमा आवेदन गर्ने सोमबार अन्तिम दिन

Nov 04, 2019 11:14 AM Merolagani

नागरिक लगानीको कोष (CIT) को लिलामी शेयरमा आवेदन गर्ने कार्तिक १८ गते सोमबार अन्तिम दिन हो। लाइफ इन्स्योरेन्स कर्पाेरेसन नेपालको स्वामित्वमा रहेको कोषको ५० हजार कित्ता संस्थापक लिलामी शेयर किन्न आज कार्यालय समयभित्र आवेदन गर्न सकिनेछ।

इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको शेयर खरीद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले न्यूनतम प्रतिकित्ता १,५९५ रुपैयाँ तोकी गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न असोज २८ गते देखि आह्वान गरेको थियो ।

कोषको शेयर प्रतिकित्ता सोमबार १,७९२ रुपैयाँको हराहरीमा कारोबार भैरहेको छ ।

लिलामी शेयरका लागि बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङको हात्तीसार काठमाडाैं, एलआईसी नेपालको केन्द्रीय कार्यालय, पुतलीसडक र नेपाल एसबिआई बैंकका शाखा कार्यालयहरु विराटनगर, बिर्तामोड, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बाग्लुङ, बुटवल, दाङ, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट बोलपत्र बुझाउन सकिने व्यवस्था छ ।

इच्छुक आवेदकले न्यूनतम १०० कित्ता वा सोभन्दा माथि १० ले भाग जाने गरी अधिकतम ५० हजार कित्तासम्मका लागि कात्तिक १८ गते बैकिङ्ग समय भित्र बोलपत्र पेश गर्नुपर्नेछ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।