सनराइज बैंकको लाभांश पाउन हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न आग्रह

Nov 04, 2019 12:33 PM Merolagani

सनराइज बैंक (SRBL) ले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने निर्णय गरेको ५.८ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा नै पठाउन थालेको छ। बैंकले कार्तिक १७ गते आइतबारदेखि नै लाभांश वितरण सुरु  गरेको हो।

 बैंकको कार्तिक १५ गते सम्पन्न १२ औं वार्षिक साधारण सभाले अनुमोदन गरे बमोजिमको नगद लाभांश नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आइपिएस मार्फत सिधै बैंक खातामा पठाउन थालेकाले हितग्राही खातालाई बैंक खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुलाई अद्यावधिक गराउन सूचित गरेको छ। 

त्यसैगरी अझै पनि भौतिक रुपमा शेयर धारण गरिरहेका शेयरधनीहरुलाई समेत शेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ। शेयर अभौतिकीकरण गरी हितग्राही खातामा बैंक खाता अद्यावधिक  गराएपछिमात्र बैंकले नगद लाभांश वितरण गर्ने जनाएको छ।

त्यस्तै धितो बन्धक राखेर ऋण लिएका शेयरधनीहरुको हकमा समेत ऋण लिएको संस्थाबाट नो अव्जेक्सन लेटर प्राप्त भएपछि मात्र नगद लाभांश वितरण गरिने बैंकले जनाएको छ।

बैंकले लाभांश वितरण र साधारणसभा प्रयोजनको लागि कार्तिक १ गते बुकक्लोज गरेको थियो। यसअनुसार असोज ३० गतेसम्म कायम शेयरधनी मात्र लाभांश पाउन योग्य हुनेछन्।

गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट वितरण गरिएको १० प्रतिशत बोनस शेयर भने सिडिएस एण्ड क्यिलयरिङ्ग र नेप्सेमा सूचीकृत भएपछि मात्र वितरण हुनेछ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।