पुनर्बीमा कम्पनीको सीईओमा ६ जनाको प्रतिस्पर्धा

Nov 04, 2019 02:32 PM Merolagani



नेपाल पुनर्बीमा कम्पनी (NRICL) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि ६ जनाले आवेदन दिएका छन्। असार मसान्तमा सीईओ चिरायु भण्डारीको चार वर्षे कार्यकाल सकिएपछि कम्पनीले नयाँ  सिईओ  नियुक्तीको प्रक्रिया सुरु गरेको हो।

आवेदन दिनेहरुमा निवर्तमान प्रमुख कार्यकारी अधिकृत चिरायू भण्डारीदेखि राष्ट्र बैंकका अवकाश प्राप्त कर्मचारी समेत इच्छुक देखिएका छन् ।

राष्ट्र बैंकको निर्देशकबाट अवकाश भएका अशोक पौडेल, युनाइटेड इन्स्योरेन्सका पूर्व-प्रमुख कार्यकारी शेखर बराल, नबिल बैंकका पूर्व ब्यवस्थापक ज्ञानेश्वर आचार्य, राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारी शंकर रायमाझी र कृषि विकास बैंकका पूर्व कर्मचारी शेषनारायण आचार्यले कम्पनीको सीईओका लागि आवेदन दिएका हुन्।

भण्डारी कम्पनीबाटै अवकाश प्राप्त  सीईओ हुन् भने राष्ट्र बैंकको निर्देशकबाट अवकाश भएका पौडेल विश्व बैंकको एक कार्यक्रम अन्तर्गत रहेर अर्थमन्त्रालय मै कार्यरत छन्।

कम्पनीले रिक्त सीईओ पदका लागि २१ दिनको समय तोकेर गत असोज २४ गते आवेदन माग गरेको थियो।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।