प्रदेश २ को विद्युतीकरणमा नर्वेको साढे चार अर्ब अनुदान

Nov 04, 2019 07:39 PM merolagani



नर्वेले प्रदेश २को विद्युत आपूर्ति सुदृढीकरण र विस्तारमा चार करोड अमेरिकी डलर (करिब साढे चार अर्ब रुपैयाँ) अनुदान दिने भएको छ ।नर्वेले प्रदेश तथा स्थानीय तह शासकीय सुधार सहयोग कार्यक्रमअन्तर्गत उपलब्ध गराउने १० करोड डलरमध्ये प्रदेश दुईमा विद्युत् आपूर्ति सुधारका लागि चार करोड डलर खर्च हुने छ ।

अनुदान सम्झौतामा अर्थ मन्त्रालय सचिव राजन खनाल र नेपालस्थित नर्वेली राजदूत लास्से जोर्न जोहानेसेंले सोमबार हस्ताक्षर गरेका हुन् ।

नर्वेली सरकारले उपलब्ध गराउने अनुदान रकम प्रदेश २का जिल्लामा विद्युतीकरण र विद्युत् आपूर्तिलाई विश्वसनीय, गुणस्तरीय तथा भरपर्दो बनाउन खर्च गरिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

‘अनुदान रकम प्रदेश २को विद्यत् आपूर्ति सुधार तथा विस्तारका लागि ९ वटा नयाँ सबस्टेसन निर्माण, प्राविधिक चुहावट नियन्त्रण, विद्युतीय सुरक्षा, विद्युतीकरण लगायतमा खर्च हुने छ’उनले भने । ‘काम गर्न ठेकेदार छनौटका लागि तत्काल टेण्डर गरी काम सुरु गर्ने छौं,२÷३ वर्षभित्रमा काम सक्ने छौं ।’

प्रदेश २मा रहेका ८ जिल्ला पर्छन् । त्यहाँ ७९.७७ प्रतिशत विद्युतीकरण भएको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।