मध्यमोदीको २७ सय मिटर लामो सुरुङको काम सम्पन्न, उत्पादनगृहको काम सुरु

Nov 06, 2019 10:33 AM RSS

व्यपारिक घराना चौधरी ग्रुपले पर्वतको मोदी गाउँपालिकामा निर्माण गरिरहेको १५.१ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत आयोजनाको सुरुङ खोल्ने काम सकिएको छ।

आयोजनाको दुई हजार ६९४ मिटर लामो सुरुङ यसै साता खोलिएको हो। सुरुङको हेर्डबक्सदेखि एक हजार ५५० र पावरहाउसदेखि एक हजार १०० मिटरको हाराहारीमा सुरुङ खोल्ने काम भएको आयोजनाले जनाएको छ। 

सुरुङ खोल्ने काम सम्पन्न भएसँगै अब ‘कङक्रिटिङ’को काम शुरु भएको आयोजनाका वरिष्ठ जनसम्पर्क अधिकृत अशोक आचार्यले जानकारी दिए। आयोजना शुरु भएको झण्डै पाँच वर्षमा सुरुङ खोल्ने काम सकिएको हो। “सबैभन्दा गाह्रो कामका रूपमा रहेको सुरुङ सफलरूपमा खोलिएको छ, अब अन्य संरचनामा जनशक्तिलाई केन्द्रित गर्छौँ”,आचार्यले भने।

  •  ७५ प्रतिशत निर्माण सम्पन्न 

निर्माण कार्य शुरु भएपछि विसं २०७२ को भूकम्प, नाकाबन्दी र समय–समयमा स्थानीयवासीको आन्दोलनका कारण समस्या झेल्दै आएको आयोजनाले हालसम्म ७५ प्रतिशत निर्माणको काम सम्पन्न भएको जनाएको छ।

आयोजनाको हेर्डबक्सको काम अधिकांश सकिएको छ भने उत्पादनगृहको कामसमेत सोमबारबाट शुरु भएको वरिष्ठ जनसम्पर्क अधिकृत आचार्यले जानकारी दिए।

मोदीखोलाको आडैमा निर्माण हुने उत्पादनगृह वर्षायाममा पानी जमेर काम गर्न नसक्ने अवस्था भएकाले ढिलाइ भएको हो । “पटक–पटक पावर हाउसको काम शुरु भए पनि खोलाका कारण सम्भव हुन सकेको थिएन । “सोमबारदेखि मेसिन लगाएर पावरहाउसको पूर्वाधार निर्माणको काम शुरु गरेका छौँ”, आचार्यले भने, “अब धमाधम काम हुन्छ।” सुरुङ तथा हेर्डबक्सतर्फ फिनिसिङको काम शुरु भएको र पावर हाउस निर्माणका लागि तीव्र रूपमा काम भइरहेको उनले जानकारी दिए।

मोदी–१ मा पर्ने भुकताङले र वडा नं २ मा पर्ने देउपुरमा निर्माणाधीन यो आयोजनाको सम्झौता अवधि सकिन झण्डै एक वर्ष बाँकी रहँदासम्म ७५ प्रतिशत काम सम्पन्न भएको छ।

कास्कीको अन्नपूर्ण गाउँपालिका अन्तर्गत वीरेठाँटी र मोदी–१ भुकताङ्लेको सिमानामा पर्ने सिमखेतमा बाँध निर्माण गरी पर्वतको मोदी–२ देउपुरको बेतेनीसम्म दुई हजार ६९४ मिटरको सुरुङमार्फत ल्याइएको पानी ७७ मिटर लामो टेलेरेसमार्फत मोदीखोलामा मिसाउने योजना छ।

झण्डै दुई अर्ब ८० करोडको लागत अनुमान गरिएको आयोजनाले गत मङ्सिरभित्र उत्पादन दिने लक्ष्य रहे पनि भूकम्प, नाकाबन्दी लगायतका कारणले दुई वर्ष म्याद थपिएको थियो। विसं २०७१ देखि शुरु भएको आयोजना २०७७ असारसम्म सम्झौता अवधि कायम रहको छ।

सम्झौता अवधि अब झण्डै नौ महिना बाँकी रहेकाले उक्त समयभित्र उत्पादन थाल्ने गरी आयोजनाको काम तीव्र पारिएको आचार्यले बताए।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।