म्याग्दी हाइड्रोपावरको मंसिर १२ गते साधारण सभा

Nov 06, 2019 02:23 PM Merolagani



म्याग्दी हाइड्रोपावरले मंसिर १२ गते बाह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कात्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्ट्रार कार्यालय बालुवाटार, काठमााडौंमा अपरान्ह्र ३ बजे सभा बोलाइएको हो।

सभाले वार्षिक वर्ष २०७५/०७६ नाफा नोक्सान हिसाब, वार्षिक प्रतिवेदन स्वीकृत, इक्वीटीमा भएको परिवर्तन र सो सम्बन्धी अनुसूचिहरु माथि छलफल गरी स्वीकृत गर्ने, लेखा परीक्षक नियुक्ती र पारिश्रमिक निर्धारण लगायतको एजेण्डामा छलफल गरि पारित गर्नेछ ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।