एनएमबी बैंकको बिहीबारबाट शेयर कारोबार खुल्ने

Nov 06, 2019 05:14 PM merolagani

एनएमबी बैंक (NMB) को ओम डेभलपमेन्ट बैंकसँगको मर्जरपछि बिहीबारबाट नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार खुल्ने भएको छ । 

एनएमबी बैंकको बुधबार १ करोड ९१ लाख १५ हजार ७९० कित्ता शेयर नेप्सेमा सूचीकृत भएसँगै बिहीबारबाट शेयर कारोबार खुल्ने भएको हो ।

मर्जरपश्चात बैंकको पहिलो शेयर कारोबारको लागी नेपाल स्टक एक्सचेञ्जले ३५१ रुपैयाँको कारोबार रेञ्ज प्रदान गरेको छ। सोहि रेञ्जलाई आधार मानेर बिहीबार बैंकको शेयर कारोबार खुल्नेछ।

ओम डेभलपमेन्ट बैंकसँग मर्जरमा जानुअघि बैंकको शेयर प्रतिकित्ता ३८२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकले असोज ११ गते शनिबारदेखि एनएमबी बैंकको नामबाट एकीकृत कारोबार शुरु गरेका थिए। एकिकृत कारोबार थालेको झण्डै डेढ महिनापछि बैंकको शेयर कारोबार खुल्ने भएको हो।

एनएमबि र ओम १०० बराबर ७६ अनुपात स्वाप रेशियोमा मर्ज गरेका हुन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।