नेपाल क्लियरिङ्ग हाउस “सर्टिफिकेट अफ मेरिट” बाट सम्मानित

Nov 06, 2019 05:24 PM Merolagani



नेपाल क्लियरिङ्ग हाउसलाई साउथ एशिया फिडरेशन अफ अकाउन्ट (सफा) बेष्ट प्रजेन्टेड रिपोर्ट अवार्ड सन् २०१८ का लागि सार्वजनिक क्षेत्रको विधातर्फ “सर्टिफिकेट अफ मेरिट”प्रदान गरिने भएको छ । दक्षिण एशियाली राष्ट्रहरुबाट सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनका आधारमा सम्मान गर्न लागिएकाे हाे ।

सो अवार्ड  बंगलादेशमा ३० नोभेम्बर, २०१९ मा आयोजना हुने समारोहमा हस्तान्तरण गरिने भएकाे छ ।

यस अघि नेपाल क्लियरिङ्ग हाउसले सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनले आईक्यानद्वारा संचालित बीपीए अवार्डमा दोस्रो स्थान हासिल गरेको थियो ।

नेपाल क्लियरिङ्ग हाउसले भुक्तानी तथा फर्छौटको क्षेत्रमा गरेको काम र वित्तीय डिस्क्लोजर तथा पारदर्शिताप्रति प्रतिवद्धताको सम्मान स्वरुप उक्त अवार्डलाई पाएकाे बताएकाे छ ।

 

 




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।