नेपाल क्लियरिङ्ग हाउस “सर्टिफिकेट अफ मेरिट” बाट सम्मानित

Nov 06, 2019 05:24 PM Merolagani



नेपाल क्लियरिङ्ग हाउसलाई साउथ एशिया फिडरेशन अफ अकाउन्ट (सफा) बेष्ट प्रजेन्टेड रिपोर्ट अवार्ड सन् २०१८ का लागि सार्वजनिक क्षेत्रको विधातर्फ “सर्टिफिकेट अफ मेरिट”प्रदान गरिने भएको छ । दक्षिण एशियाली राष्ट्रहरुबाट सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनका आधारमा सम्मान गर्न लागिएकाे हाे ।

सो अवार्ड  बंगलादेशमा ३० नोभेम्बर, २०१९ मा आयोजना हुने समारोहमा हस्तान्तरण गरिने भएकाे छ ।

यस अघि नेपाल क्लियरिङ्ग हाउसले सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनले आईक्यानद्वारा संचालित बीपीए अवार्डमा दोस्रो स्थान हासिल गरेको थियो ।

नेपाल क्लियरिङ्ग हाउसले भुक्तानी तथा फर्छौटको क्षेत्रमा गरेको काम र वित्तीय डिस्क्लोजर तथा पारदर्शिताप्रति प्रतिवद्धताको सम्मान स्वरुप उक्त अवार्डलाई पाएकाे बताएकाे छ ।

 

 




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।