१५३ देशका ११ हजार वैज्ञानिकद्धारा जलवायु आपतकालको घोषणा, ‘अकल्पनीय विपत्ती’ आउनसक्ने चेतावनी

Nov 07, 2019 12:11 PM Agency



एकातिर जलवायु परिवर्तनलाई लिएर अमेरिका पेरिस सम्झौताबाट बाहिरिने औपचारिक घोषणा गरेको छ भने अर्कातर्फ १५३ देशका ११ हजारभन्दा धेरै वैज्ञानिकहरुले जलवायु आपतकालको घोषणा गरेका छन् ।

यदि भू-धरातलको संरक्षणका लागि तत्काल कदम नउठाएमा ‘सहन नसकिने विपत्ती’ हुनसक्ने भन्दै ती वैज्ञानिकहरुले चेतावनी दिएका छन् । उनीहरुले पर्यावरणका लागि अब गम्भीर कदम उठाउन जरुरत रहेको भन्दै उक्त चेतावनी दिएका हुन् ।

चीन, भारत लगायतका देशहरुमा बढ्दो प्रदुषणका बीच वैज्ञानिकहरुले बायोसाइन्स पत्रिका मा एक शोध रिपोर्ट प्रकाशित गरेर जलवायु आपतकालको घोषणा गरेको हुन् ।

ती वैज्ञानिकहरुले जलवायु आपतबालबाट बच्नका लागि ६ वटा सुझाव दिएका छन् ।

जसमा नवीकरणीय उर्जाको प्रयोगमा जोड, मिथेन ग्यास जस्ता प्रदुषण कारक तत्वहरुलाई रोक्नु, पारिस्थितिक प्रणालीको सुरक्षा, मांसाहारी खानालाई घटाउदै शाकाहारी तथा वनस्पतीजन्य खानामा जोड दिनुपर्ने, कार्बनमुक्त अर्थव्यवस्थाको विकास र जनसंख्या नियन्त्रण रहेका छन् । 

एजेन्सी 




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।