व्यापारी तथा पूर्व अर्थ सहायक मन्त्री रूपज्योतीलाई पक्राउ गर्न सर्वोच्चद्धारा बाटो खुला

Nov 07, 2019 12:53 PM merolagani



हाउजिङका नाममा विभिन्न व्यक्तिसँग करोडौैं ठगी गरेको आरोप लागेका पूर्वअर्थ सहायक मन्त्री एवं चर्चित व्यापारी रूपज्योति लाई पक्राउ पर्ने भएका छन् ।

पक्राउ गर्ने जिल्ला अदालत काठमाडौंले दिएको आदेश कार्यान्वयन नगर्न माग गर्दै रूपज्योतिका तर्फबाट सर्वोच्चमा दायर भएको रिट सर्वोच्चले खारेज गरेपछि रूपज्योति पक्राउ पर्ने भएका हुन ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले रूपज्योतिको निषेधाज्ञासम्बन्धी रिट खारेज गरिदिएको हो ।

यसअघि सर्वोच्चले मुद्दाको अन्तिम किनारा नलाग्दासम्म रूपज्योतिलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो ।




जागिरको खोजीमा भूपु मन्त्री: श्रद्धा श्रेष्ठले नेपालमा बसालेको संस्कारले दिएको गम्भीर सन्देश

Sep 23, 2026 02:43 PM

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि झण्डै साढे तीन दर्जन आकाँक्षीहरुले आवेदन दिएका छन् । त्यसमध्येकी एक पात्र हुन् श्रद्धा श्रेष्ठ।