कोरियाली कम्पनीले मेक्सिकोमा आठ हजार एटिएम आपूर्ति गर्ने

Nov 07, 2019 01:12 PM agency



दक्षिण कोरियाको सूचना प्रविधि क्षेत्रको विशाल कम्पनी ह्योसुङ ग्रुपले मेक्सिकोको एक परियोजनाका लागि आठ हजार थान एटिएम आपूर्ति गर्ने भएको छ ।

ग्रुपको एटिएम उत्पादन इकाई ह्युसोङ टिएनएस इन्कले मेक्सिकोको ग्रामीण एटिएम परियोजना अन्तर्गत सन् २०२० को अन्त्यसम्ममा करिब १७ करोड ४० लाख अमेरिकी डलर बराबरका आठ हजार थान एटिएम बिक्री गर्नेछ ।

समूहका अनुसार नयाँ सम्झौता लगत्तै ह्युसोङ टिएनएसको कम्पनीको सेयरमूल्यमा १५ प्रतिशत वृद्धि हुनेछ । आर्थिक रुपमा जोखिममा रहेका मानिसलाई कल्याणकारी कार्ड मार्फत सरकारी सेवा उपलब्ध गराउन यस परियोजनाले मद्दत गर्नेछ ।

मेक्सिकोका झण्डै दुई करोड मानिस सरकारी सहयोग कार्यक्रममा आबद्ध छन्, तर वित्तीय सेवा पूर्वाधारको कमीका कारण उनीहरुलाई समयमै नगद प्राप्त गर्न कठिनाइ हुने गरेको छ ।

यसैबीच, ह्युसोङका अध्यक्ष चो ह्यून–जूनले मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्राडोरलाई बुधबार भेट गर्नुभएको कम्पनीले जनाएको छ । त्यस अवसरमा मेक्सिकोको ऊर्जा पूर्वाधार र नवीकरणीय ऊर्जा क्षेत्रमा उपलब्ध अवसरका बारेमा छलफल भएको थियो ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।