शिवश्री हाइड्रो आईपीओ प्रकरणः क्रेडिट रेटिङ्ग माथि उठ्याे प्रश्न

Nov 07, 2019 06:15 PM Merolagani



एजेन्सी भन्छ:- रेटिङ्ग निष्पक्ष गरिएको छ।
पछिल्लो समयमा निष्कासन भएका जलविद्युत कम्पनीहरुका आईपीओ बिक्री नभएपछि विभिन्न प्रश्नहरु उठेका छन्। आईपीओ बिक्री नहुँदा निष्कासन अघि गरिने प्रक्रियामा संलग्न निकायहरु एकअर्कामाथि आरोप लगाइरहेका छन्। 

लगानीकर्ताहरुले आईपीओ निष्कासन गर्ने कम्पनीदेखि बिक्री प्रबन्धकसम्म शंकाको दृष्टिले हेर्न थालेका छन्।

आईपीओ निष्कासन प्रक्रियाको एक महत्वपूर्ण पाटो कम्पनीको क्रेडिट रेटिङ्ग हो। लगानीकर्ताहरु मात्र नभई कम्पनीको प्रत्याभूतिकर्ताहरुले पनि क्रेडिट रेटिङ्गका आधारमा कम्पनी चयन गर्छन्। पछिल्लो समयमा निष्कासन तथा बिक्री खुला अवधिभरमा नबिकेको शिवश्री हाइड्रोपावरको शेयरको क्रेडिट रेटिङ्ग केयर रेटिङ्गस् नेपालले गरेको थियो।

केयरले हाइड्रोपावरलाई औषतभन्दा कमजोर आधार भएको ग्रेड ४ रेटिङ्ग दिएको थियो। क्रेडिट रेटिङ्ग एजेन्सीहरुले सत्यतथ्यको पूर्ण जाँच नगरी हाइड्रोपावरको पक्षमा रेटिङ्ग दिएको आरोप एक मर्चेन्ट बैंकरले लगाएका छन्।

एजेन्सीहरुले गरेको रेटिङ्गका आधारमा मर्चेन्ट बैंकरहरुले अन्डरराइट गर्ने र लगानीकर्ताहरु लगानी गर्ने बताउँदै उनले रेटिङ्ग निष्पक्ष हुनेपर्ने कुरामा जोड दिए। रेटिङ्गको पुनः जाँच गर्न मर्चेन्ट बैंकहरुसंग पर्याप्त जनशक्ति र पूँजी नभएका कारण रेटिङ्ग एजेन्सीहरुले गरेको रेटिङ्गमै चित्त बुझाउनुपर्ने बाध्यता रहेको उनको भनाई छ।

शिवश्री हाइड्रोपावरको आईपीओमा आवेदन नपरेपछि समग्र जलविद्युत कम्पनीबाट लगानीकर्ता र मर्चेन्ट बैंकरहरुको विश्वास उठेको देखिन्छ।

अहिले आईपीओ निष्कासन गर्ने तयारीमा रहेका जलविद्युत कम्पनीहरुको अन्डरराइटिङ्ग गर्न कुनै अन्डरराइटर तयार छैनन् ।

शिवश्री हाइड्रोपावरको रेटिङ्ग गरेका केयर रेटिङ्गस नेपालका रेटिङ्ग विश्लेषक अप्सरा उप्रेतीले भने निष्पक्ष रुपमा कम्पनीको क्रेडिट रेटिङ्ग गरिएको मेरो लगानीलाई बताइन्। ‘कम्पनीले दिएको जानकारीलाई पुनः जाँच गरी रेटिङ्ग गरेका हौँ,’ उनले भनिन्, ‘हामीले तथ्यका आधारमा रेटिङ्ग गर्ने हो कसैको पक्ष या विपक्षमा होइन’।

केयरले अनुमान गरिएभन्दा बढी समय र लागत लाग्नु, कम प्रतिफल पाउनु, बढेको लागतको विवरण नहुनु, नदीको बहावसंग सम्बन्धित हाइड्रोलोजी रिस्क र भौगोलिक जोखिमले कम्पनीको क्रेडिट रेटिङ्गमा नकारात्मक प्रभाव पारेको रिपोर्टमा उल्लेख छ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।