बीमा दाबी भुक्तानी विलम्ब नगर्न बीमा कम्पनीहरुलाई अर्थमन्त्रीको निर्देशन

Nov 08, 2019 12:14 PM Merolagani



अर्थमन्त्रीले डा. युवराज खतिवडाले बीमा कम्पनीहरुलाई दाबी भुक्तानीमा विलम्ब नगर्न निर्देशन दिएका छन्। नेपाल पुनर्बीमा कम्पनीको छैटौँ वार्षिकोत्सवका अवसरमा बोल्दै दाबी भुक्तानीमा ढिलाई नगर्न निर्देशन दिएका हुन्।

अर्थमन्त्रीले नष्ट भएको धनमालको क्षतिपूर्ति दाबीको भुक्तानीमा ढिलासुस्ती नगर्न सम्बद्ध सबैलाई निर्देशन दिए।

उनले क्षतिको मूल्याङ्कन यकिन गर्न लाग्ने समय वीमितलाई जानकारी दिन र निर्धारित समयभित्रै क्षतिपूर्ति बापतको रकम दिन भन्दै बीमा रकमका निम्ति दुर्घटनाको फर्जी कागतपत्र बनाउनेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।

“आफ्नै घरमा आगो लगाएर कृत्रिम क्षतिको बीमा दाबी गर्नेहरूविरुद्ध कडारूपमा प्रस्तुत हुनुहोस्” झूठा दाबी गर्नेहरू नैतिक रूपमा नै पतित भएको भन्दै उनले वास्तविक पीडित भने बीमाको सुविधाबाट वञ्चित हुन नहुनेमा जोड दिए।

यस्तै उनले स्वार्थको बाझिने गरी बीमा व्यवसाय नगर्ने पनि सम्बन्धित निकायको सचेत गराए। बैंक र बीमा कम्पनी दुबै तिर एउटै सञ्चालक रहेकोले स्वार्थ बाझिने गरेको उनको भनाई छ।

बैंक, सहकारी लगायत नागरीक लगानी काेष, कर्मचारी सञ्चयकोषले पनि बीमा गर्ने गराउने भनेको छ। त्यसै भएरलाई कुन बीमा एजेन्ट हो ? कुन अपरेटर हो ? भन्ने छुट्याउन कन्फुज भएको छ। अर्थमन्त्री खतिवडा भने।

बीमा ऐनको आधारमा मात्रै बीमाको कार्यक्रमहरु संचालन गर्नुपर्नेमा उनकाे जोड थियो।




मेरोलगानीको 'नयाँ वर्षको धमाका अफर'

Apr 10, 2026 08:50 AM

नजिकिँदै गरेको नयाँ वर्ष २०८३ को अवसरमा मेरोलगानीले शेयर बजारका लगानीकर्ताहरुका लागि नयाँ अफर लिएर आएको छ। सो अवसरमा मेरोलगानीले आफ्ना सबै प्रिमियम प्रडक्टहरुमा २५ प्रतिशतको डिस्काउन्ट दिने भएको छ।