सुन र चाँदीको भाउ शुक्रबार घट्यो

Nov 08, 2019 12:05 PM Merolagani



सुनको भाउ कार्तिक २२ गते शुक्रबार घटेको छ। शुक्रबार छापावाला सुन तोलामा ७०० रुपैयाँले घटेर प्रतितोला ६९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन बिहीबार सुन तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला ७० हजार ६०० रुपैयाँमा खरीद बिक्री भएको थियो। आइतबारदेखिनै ३ दिन लगातार घटेको सुनको भाउ बिहीबार भने केहि बढेको थियो।

शुक्रबार तेजावी सुन पनि तोलामा ७०० रुपैयाँले घटेर प्रतितोला ६९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

 

सुन सँगै बिहीबार चाँदीको भाउमा समेत गिरावट देखिएको छ। बिहीबार चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला ८३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अघिल्लो दिन बिहीबार चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८५० रुपैयाँमा खरीद बिक्री भएको थियो।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।