पाँचखाल लगानी सम्मेलनको तयारी गर्दै

Nov 08, 2019 11:39 AM RSS



पाँचखाल नगरपालिकाले चालू आर्थिक वर्षभित्र लगानी सम्मेलन गर्ने तयारी गरेको छ। यो सम्मेलन स्थानिय तहअन्तर्गतको दोस्रो सम्मेलन हुनेछ।

चालु आर्थिक वर्षभित्र लगानी सम्मेलन गर्ने निर्णय गरेर तयारीमा लागेको नगरप्रमुख महेश खरेलले जानकारी दिए। उनका अनुसार पाँचखालको समग्र विकासका लागि लगानीकर्ता तथा रोजगारदाताको सम्मेलन गर्ने निर्णय गरिएको हो। पाँचखालमा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका विकासका काम शुरु भएको अवस्थामा लागानी सम्मेलन फलदायी हुने अपेक्षा गरिएको छ।

पाँचखालमा विशेष आर्थिक क्षेत्र (सेज)का लागि निर्माण कार्य शुरु गरिएको, बृहत सुनकोशी पाँचखाल खानेपानी आयोजना सम्झौता भई कार्य प्रारम्भ गरिएको, राष्ट्रिय युवा परिषद्द्वारा निर्माण हुने ‘नेशनल युथ इनोभेशन सेन्टर’ तथा एकीकृत तथा स्मार्ट सिटीका लागि पनि जमीन छुट्याएकाले पनि थप लगानीकर्ता र रोजगारदाता आवश्यक रहेकाले सम्मेलन गर्न लागिएको नगरपालिकाले जनाएको छ।

सम्मेलनमा कृषि र पशुपालनलाई विशेष आकर्षण बनाउने नगरप्रमुख खरेलले बताए। पाँचखालमा लगानी तथा पर्यटनका प्रचुर सम्भावना भएका केही स्थानमा सडक पु¥याइसकेको र केही स्थानहरुमा पु¥याउन शुरु भइरहेको उनले जनाए। यसका साथै, वातावरणको दृष्टिकोणले पनि लगानीकर्ता आकर्षित हुनु स्वाभाविक रहेको उनको दाबी छ।

कृषि तथा पशुपालन क्षेत्रमा आधुनिकीकरण, सौर्य ऊर्जा, प्रविधि र पर्यटकीय स्तरका ठूला होटल, उद्योग स्थापनार्थ सम्मेलनमा प्रस्ताव गरिने बताइएको छ।

“स्थानीयलाई रोजगार दिने उद्योग तथा परियोजनालाई करछुट दिन पनि छलफल गर्दैछौँ”, नगरप्रमुख खरेलले भने। उनका अनुसार पाँचखालमा विभिन्न ऐतिहासिकस्थल समेत रहेकाले पर्यटन र स्थानीय सांस्कृतिक क्षेत्र लक्षित आयोजनालाई समेत प्राथमिकतामा राखिनेछ। ‘पाँचखाल नगर, कृषि शहर’ नारालाई सार्थक बनाउन नगरले पाँचखालको खेतीयोग्य जमीनलाई ‘प्लटिङ’ गर्न पूर्ण प्रतिबन्ध लगाएको छ।

त्यसैगरी, हाल पाँचखाल उपत्यकामा ‘रिङरोड’ निर्माणको सोच बनाइएको र कार्यान्वयनका लागि सरोकारवाला तथा जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा सरकारका मन्त्रीसँग पटकपटक छलफल भइरहेको खरेलले जानकारी दिए।

यसअघि, स्थानीय तहअन्तर्गत पहिलोपल्ट गत असोजमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन गरेको थियो। उक्त सम्मेलनमा स्वदेशीसहित विदेशी लगानीकर्ताले १५ अर्बभन्दा बढीको लगानी प्रतिबद्धता व्यक्त गरेका थिए।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।