मिथिला लघुवित्तको नाफामा सुधार, जगेडा कोष १४५ प्रतिशतले बढ्यो

Nov 10, 2019 12:36 PM Merolagani



मिथिला लघुवित्त वित्तीय संस्था (MLBBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४६ लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो  नाफा गत आवको सोही अवधिको तुलनामा २९.६३ प्रतिशतले धेरै हो ।

गत आवमा लघुवित्तले ३५ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

हकप्रद बिक्रीबाट चुक्ता पूँजी ५० प्रतिशतले बढाएर ९ करोड ८९ लाख रुपैयाँ पुर्याएको लघुवित्तले जगेडा कोष १४५.४२ प्रतिशतले सुधार गर्दै ६ करोड ३४ लाख रुपैयाँ सञ्चित गरेको छ । गत आवको प्रथम त्रैमासमा लघुवित्तको जगेडा कोषमा २ करोड ५८ लाख सञ्चित रहेको थियो।

यस अवधिमा लघुवित्तले २८ करोड १७ लाख निक्षेप संकलन र ७२ करोड ३२ लाख रुपैयाँ सापटी लिएर एक अर्ब २ करोड ५९ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ । 

लघुवित्तले निक्षेप संकलन ४७.५० प्रतिशत, कर्जा ५२ प्रतिशतले बढाएको हो ।

यस अवधिमा लघुवित्तले एक करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ४२.६० प्रतिशतले धेरै हो । गत आवमा लघुवित्तले एक करोड ३१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

लघुवित्तको निष्क्रिय कर्जा अनुपात २.५२ बाट बढेर ३.५० प्रतिशत पुगेको छ।

प्रतिशेयर आम्दानी १८ रुपैयाँ ६० पैसा रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ १६ पैसा र मूल्य आम्दानी अनुपात २३.८२ गुणा छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।