मिथिला लघुवित्तको नाफामा सुधार, जगेडा कोष १४५ प्रतिशतले बढ्यो

Nov 10, 2019 12:36 PM Merolagani



मिथिला लघुवित्त वित्तीय संस्था (MLBBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४६ लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो  नाफा गत आवको सोही अवधिको तुलनामा २९.६३ प्रतिशतले धेरै हो ।

गत आवमा लघुवित्तले ३५ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

हकप्रद बिक्रीबाट चुक्ता पूँजी ५० प्रतिशतले बढाएर ९ करोड ८९ लाख रुपैयाँ पुर्याएको लघुवित्तले जगेडा कोष १४५.४२ प्रतिशतले सुधार गर्दै ६ करोड ३४ लाख रुपैयाँ सञ्चित गरेको छ । गत आवको प्रथम त्रैमासमा लघुवित्तको जगेडा कोषमा २ करोड ५८ लाख सञ्चित रहेको थियो।

यस अवधिमा लघुवित्तले २८ करोड १७ लाख निक्षेप संकलन र ७२ करोड ३२ लाख रुपैयाँ सापटी लिएर एक अर्ब २ करोड ५९ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ । 

लघुवित्तले निक्षेप संकलन ४७.५० प्रतिशत, कर्जा ५२ प्रतिशतले बढाएको हो ।

यस अवधिमा लघुवित्तले एक करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ४२.६० प्रतिशतले धेरै हो । गत आवमा लघुवित्तले एक करोड ३१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

लघुवित्तको निष्क्रिय कर्जा अनुपात २.५२ बाट बढेर ३.५० प्रतिशत पुगेको छ।

प्रतिशेयर आम्दानी १८ रुपैयाँ ६० पैसा रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ १६ पैसा र मूल्य आम्दानी अनुपात २३.८२ गुणा छ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।