ग्लोबल आइएमई लघुवित्तको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन

Nov 10, 2019 01:59 PM merolagani

हकप्रदले पनि बोनस पाउने
ग्लोबल आइएमई लघुवित्त (GILB) ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने कार्तिक २४ गते आइतबार अन्तिम दिन रहेको छ । 

लघुवित्तले लाभांश वितरण तथा साधारणसभा प्रयोजनको लागि कार्तिक २५ गतेदेखि बुकक्लोज गर्ने भएकाले आइतबारसम्म कायम भएका शेयरधनीहरुले मात्र लघुवित्तले वितरण गर्ने लाभांश पाउनेछन्।

लघुवित्तले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.८६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

उक्त लाभांश यसअघि बिक्री गरेको शतप्रतिशत हकप्रदले समेत पाउने भएका छन्। हकप्रदले समेत लाभांश पाउने भएपछि लघुवित्तको लाभांश दर घटेर १७.५० प्रतिशतमा झर्ने भएको छ।

लघुवित्तले यसअघि गत साउन २१ देखि ११ लाख ४ हजार कित्ता हकप्रद बिक्री गरेको थियो। उक्त हकप्रदले समेत लाभांश पाउने भएपछि लाभांश दर समायोजन भएको हो।

हकप्रदपश्चात लघुवित्तको चुक्ता पूँजी २२ करोड ९ लाख रुपैयाँ कायम भएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।