अलिबाबाद्धारा १५ अर्ब डलर बराबरको आईपीओ निष्कासन तयारी, हङकङको शेयर बजारमा सूचीकृत गरिने

Nov 10, 2019 03:56 PM Agency

विश्वविख्यात इ–कमर्स कम्पनी, अलिबाबाले १५ अर्ब डलर बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको छ। सो शेयर हङकङको शेयर बजारमा सूचीकृत हुनेछ। कम्पनीले यही नोभेम्बरको अन्तिम साता सो शेयर सूचीकृत गर्ने तयारी गरेको हो। 

यस कम्पनीको शेयर अमेरिकी शेयर बजारमा सूचीकृत छ। हङकङमा सूचीकृत गरिने शेयर सो देशको लागि बरदान साबित हुने विश्लेषकहरुको भनाई छ। हङकङमा हालै भएको सरकारविरोधी प्रदर्शनका कारण आर्थिक गतिविधि सुस्त छ।

यसले अमेरिका र चीन बीच जारी व्यापार युद्धमा सकारात्मक प्रभाव पार्ने विश्लेषण पनि गरिएको छ।

अलिबाबाको बुक बिल्डिङ्ग र सूचीकरण नोभेम्बर २५ देखि सुरु हुने स्रोतले बताएको छ। कम्पनीले हङकङ सूचीकरण समितिसँग अर्को हप्ताको बिहीबार अनुमति माग्ने अर्को एक स्रोतले बताए। अलिबाबाका प्रवक्ता भने यस विषयमा मौन छन्।

यो क्रस–बोर्डर सूचीकृत भएको सबैभन्दा ठूलो सूचीकरण हुनेछ। हालसम्म सबैभन्दा ठूलो धनराशीको आईपीओ निष्कासन गर्ने उपाधि अलिबाबाकै नाममा छ।

ठूला शहरहरुमा मूख्य व्यवसाय भएपनि चिनीयाँ ग्राहक बढाउन र घटीरहेको बिक्रीदर बढाउने कम्पनीको योजना रहेको छ।

हङकङमा सूचीकृत गर्ने योजना कम्पनीले गत अगस्टमा नै बनाएको थियो। तर, सरकार विरोधी क्रियाकलापका कारण कम्पनीले यस योजनालाई पछि सारेको हो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।