नेशनल लाईफ इन्स्योरेन्सको लाभांश पारित, बीमालेखमा दुई बिन्दुले बोनस दर बढ्यो

Nov 10, 2019 03:21 PM Merolagani



नेशनल लाईफ इन्स्योरेन्स (NLICL) को कार्तिक २४ गते आइतबार सम्पन्न ३१ औं वार्षिक साधारण सभाले आ.व. २०७४/०७५ को लागि सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको २.५ प्रतिशत बोनस शेयर र १२ प्रतिशतका दरले नगद  गरि १४.५० प्रतिशत लाभांश अनुमोदन गरेको छ।

केन्द्रीय कार्यालय लाजिम्पाटमा कम्पनी अध्यक्ष श्रीमती प्रेमा सिंहको अध्यक्षतमा सम्पन्न उक्त सभाले ७ लाख ५१ हजार ८६० कित्ता बोनस शेयर र बोनस शेयर वापतको कर प्रयोजनको लागि ३९ लाख ५७ हजार १५८ रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गरेको हो।

लाभांश प्रयोजनका लागि कम्पनीले कार्तिक १० गते आइतबारदेखि बुकक्लोज गरेकाले त्यसअनुसार कार्तिक ७ गते बिहीबारसम्म कायम शेयरधनीले मात्रै कम्पनीको लाभांश प्राप्त गर्नेछन्।

सभामा अध्यक्षले कम्पनी पूँजीको हिसाबले समेत सबल भएको भन्दै बोनस पश्चात कम्पनीको चुक्ता  पूँजी ३ अर्ब ८ करोड २६ लाख २६ हजार ५४८ रुपैयाँ पुगेको बताइन्। साथै सभाले शेयर संरचना परिवर्तन गर्दै प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गरी संस्थापक शेयरधनी समूहको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर हिस्सा कायम गरेको छ।

  • बीमालेखमा दुई बिन्दुले बोनस दर बढ्यो

साधारण सभामा कम्पनी अध्यक्ष श्रीमती प्रेमा सिंहले कम्पनीले आ.व.२०७४/०७५ को बीमाङ्कीय मूल्याङ्कनमा राम्रो प्रगति गरी नाफा सहित जारी गरिएका सबै बीमालेखमा दुई बिन्दुले बोनस दर बढाइएको बताइन्। यसबाट ब्यवसायमा सकारात्मक प्रभाव पार्ने विश्वास उनको छ।

लगानी विविधिकरण गरी लामो अवधिको लगानी वृद्धि गरी कम्पनीको प्रतिफल वृद्धि गर्नतर्फ प्रयास केन्द्रित रहेको परिणाम स्वरुप नै कम्पनीको कोषको वार्षिक प्रतिफल दर उत्साहप्रद रुपले ९.५८ प्रतिशत पुगेको उनको भनाई थियो।

उनले आ.व.आ.व.२०७५/७५ मा कम्पनीले सन्तोषजनक प्रगति गरेकोले कूल ६ अर्ब ४४ करोड ७६ लाख बीमाशुल्क संकलन तथा  २ अर्ब ५ करोड कूल दाबी भुक्तानी गरेर कम्पनीले ४७ करोडको खुद मुनाफा आर्जन गरेको सफल भएको बताइन्। 

सिंहले  आ.व.२०७५/७५ को अन्त्यसम्ममा कम्पनीको कूल लगानी २३.५४  प्रतिशतले वृद्धि भई २० अर्ब ९५ करोड पुगेको छ र कम्पनीको बीमा कोष गत वर्षको तुलनामा २४.१६ प्रतिशतले वृृद्धि भई २०७५ असार मसान्त सम्ममा  २१ अर्ब ४७ करोड पुगेको जानकारी दिइन्। 

कम्पनीले सूचना प्रविधिमा यथेष्ट लगानी गर्दै आएको, शाखा सञ्जाल विस्तारमा विशेष ध्यान दिएको र विविध आकर्षक बीमालेखहरु प्रचलनमा ल्याउन प्रयास रहेको उनको भनाई थियो।

ब्यवसाय विस्तारसँगै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वमा विशेष ध्यान दिएको र सोही अनुसार विपन्न वर्गका लागि बालिका शिक्षा योजना सञ्चालनमा ल्याएको र सो को अतिरिक्त कम्पनीले निशुल्क वृहत स्वास्थ्य शिविर सञ्चालनमा सहयोग पु¥याएको जानकारी दिइयो।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।