युनाइटेड इन्स्योरेन्सको हकप्रद बिकेन, ५ लाख कित्ता लिलामीमा आउने

Nov 10, 2019 05:06 PM merolagani

युनाइटेड इन्स्योरेन्स (UIC) ले बिक्रीमा ल्याएको २४० प्रतिशत हकप्रद शेयरमा सबै कित्ता शेयर बिक्री नभएपछि उक्त शेयर लिलामीमा आउने भएको छ। 

इन्स्योरेन्सले बिक्रीमा ल्याएको ७२ लाख ५७ हजार कित्ता हकप्रद शेयरमा १ लाख ५७ हजार ६४९ कित्ता संस्थापक र ३ लाख ४१ हजार ५४३ कित्ता साधारण शेयरगरी कुल ४ लाख ९९ हजार १९२ कित्ता शेयर बिक्री नभएपछि उक्त शेयर लिलामीमा आउने भएको हो ।

इन्स्योरेन्सले पूँजी बृद्धि गर्न गत भदौ ३ देखि असोज २३ गतेसम्म चुक्ता पूँजीको २४० प्रतिशत अर्थात १० बराबर २४ कित्ता शेयरको अनुपातामा ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद बिक्रीमा ल्याएको थियो।

बिक्रीमा ल्याइएको उक्त शेयरमा ६७ लाख ५७ हजार ५१६ कित्ता शेयर मात्र बिक्री भएपछि बाँकी शेयर लिलामीमा आउने भएको हो । कम्पनीकाे हकप्रदमा आवेदन गर्ने ५ हजार ४५० आवेदकलाई उक्त शेयर बाँडफाँड गरीएको एनएमबी क्यापिटलले जनाएको छ।

हाल ३० करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको युनाइटेड इन्स्योरेन्सको हकप्रद शेयर बिक्री पश्चात पूँजी एक अर्ब २ करोड ८१ लाख रुपैयाँ पुग्नेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।