प्राइम बैंकको तीन महिनाको प्रगतिलाई कसरी हेर्ने ?

Nov 12, 2019 10:04 AM Tirtha Raj Poudyal

कन्काई विकासलाई प्राप्ती गरेर एकीकृत कारोबार थालेको र कैलाश विकास बैंक तथा ललितपुर फाइनान्सलाई आफुमा गाभ्ने अभियानमा रहेको प्राइम कमर्सियल बैंक (PCBL) ले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा राम्रो प्रगति विवरण पस्केको छ।

साना बैंक तथा वित्तीय संस्थालाई आफुलाई मिलाउँदै बैंकिङ्ग प्रणालीको मार्गमा अगाडि बढिरहेको यस बैंकले चालु आवको प्रथम त्रैमास अवधिमा ६५ करोड ९७ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको यो नाफा गत आवको यसै अवधिको तुलनामा १३.३८ प्रतिशत अर्थात ७ करोड ७८ लाख रुपैयाँले धेरै हो।

प्राइमले तीन महिना अवधिको २२ करोड ८८ लाख ४४ हजार रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ। ९ अर्ब ६८ करोड ६८ लाख ५२ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बैंकको प्रतिशेयर आम्दानी २७ रुपैयाँ २४ पैसा छ । यस अवधिमा बैंकको इपिएसमा २ रुपैयाँ २६ पैसाले सुधार आएको छ ।

बैंकको जगेडा कोष ३ अर्ब २० करोड ८५ लाख, तथा शेयरधनी कोषमा एक अर्ब ९३ करोड ३० लाख रुपैयाँ तथा शेयर प्रिमियममा ६ लाख ४५ हजार रकम सञ्चित छ। बैंकको प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ०८ पैसा रहेको छ।

असोज मसान्तसम्ममा बैंकको निक्षेप भन्दा कर्जा विस्तार ज्यादा देखिन्छ। ७८ अर्ब ५९ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ७९ अर्ब १३ करोड ७२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यो गत आवको यसै अवधिको तुलनामा निक्षेपमा २ तथा कर्जा लगानीमा ९ प्रतिशत वृद्धि हो।

असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी अघिल्लो आवको यसै अवधिको तुलनामा ९ प्रतिशतले बढेर एक अर्ब ६ करोड ५ लाख रुपैयाँ आर्जन गरेको छ।

यस अवधिमा बैंकको निष्कृय कर्जा अनुपात १.१४ प्रतिशत, पूँजीकोष अनुपात १२.७५ प्रतिशत, कर्जा निक्षेप अनुपात ७७.८६ प्रतिशत, कोषको लागत ७.६७ प्रतिशत, आधारदर ९.६७ र मूल्य आम्दानी अनुपात ९.६२ गुणा छ।

अन्य बैंक तथा वित्तीय संस्थालाई आफुमा विलय गराउने प्रकृयामा रहेको यस बैंकले क्रमबद्ध प्रगति गर्नसक्नु, खुद नाफा बढाउँदै शेयरधनीलाई आकर्षक लाभांश वितरण गर्नसक्ने अवस्था कायम गर्नु तथा कोषको लागत र आधारदरमा कमी ल्याएर ऋणी र आफ्नो खर्च कटौति गर्नसक्नु सफलतामा नै मान्नुपर्ने हुन्छ। यद्यपी कर्मचारी खर्चर अन्य सञ्चालन खर्च नियन्त्रणमा राख्दा प्राप्ती हुने संस्थामा रहेको खराब कर्जालाई नियन्त्रणमा राखेर निष्कृय कर्जा अनुपातलाई सन्तुलनमा राख्न पनि बैंकलाई चुनौति नै देखिन्छ।

यस्तै मर्जर तथा प्राप्ती मार्फत फरक पृष्ठभुमीबाट बैंकमा आउने मानव संसाधन व्यवस्थापन र त्यसलाई मिलाएर आफ्नो प्रगतिको रफ्तारलाई अगाडि बढाउन बैंकलाई अवसर र चुनौति दुबै देखिन्छ।

बैंकले गत आवको मुनाफाबाट लाभांश प्रस्ताव गर्न बाँकी रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।